Comments Add Comment

सिड्नीमा हलिउडको चलचित्रलाई पछाडि पार्दै नेपाली ड्रिम्स

film-hall
सिड्नी । अन्तत: सिड्नीबासी नेपालीको राम्रो नेपाली चलचित्र हेर्न चाहनालाई ड्रिम्सले पुरा गरिदिएको छ । नेपालमा जस्तै सिड्नीबासी नेपालीहरू माझ पनि यो चलचित्रले आफ्नो उपस्थिति दह्रो बनायो ।

बिशेष गरेर नायक अनमोल केसीको क्रेज ब्यापक नै देखियो। अनमोल र भुवन केसीसँग तस्वीर खिचाउन लामो समयसम्म प्रतिक्षा गरिरहेको दृश्य निकै नालौ थियो ।

पछिल्लोपटक सिड्नीमा ल्याइएका नेपाली चलचित्रहरू मध्ये दर्शकहरूको प्रतिक्षाको चलचित्र बनेको ड्रिम्स शुक्रबारदेखि नै रिलिजमा आएको हलिउडको चलचित्र क्याप्टेन अमेरिकाको शोलाई समेत सिड्नीमा पछाडि पार्न सफल भयो ।

नेपालीहरूको बसोबास सिड्नीमा बाक्लिँदै जानु र नेपाली चलचित्रप्रति उनिहरूको झुकाव बढ्नु प्रबासमा नेपाली चलचित्रको भविष्य राम्रो देखिनु हो ।

सिड्नीको ईभेन्ट सिनेमा हलमा एकै दिन हलिउड चलचित्र क्याप्टेन अमेरिका र नेपाली चलचित्र ड्रिम्स एकै दिन शो हुँदा हलिउडको भन्दा नेपाली चलचित्र हेर्ने दर्शकहरूको संख्या बढी थियो । ‘आज यो कुरा सुनाउँदा हामीलाई गर्व लागेको छ कि अष्ट्रेलियामा एउटा राम्रो नेपाली चलचित्र ल्याउने अबसर पायौं’ राजमान थकालीले भने ।

हालसम्म तीन दिन लगातार शो गरिएको ड्रीम्सको दर्शकहरूको मागका कारण अन्य शोहरू पनि थपिने पक्का भएको छ । सोचे भन्दा माया र साथ अष्ट्रेलियाबासी नेपालीहरूबाट पाएपछि भुवन र अनमोल पनि कम दंग छैनन् -‘ राम्रो चिजको मूल्यांकन हुँदो रहेछ , हामी खुशी छौ-‘ भुवनले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment