Comments Add Comment

आँखा कमजोर छ ? दिनको एउटा केरा खानुस्

benefits-of-bananas

यदि तपाईंलाई स्याउ मनपर्छ भने तपाईंले स्याउ सेवन गर्नुको फाइदामात्र थाहा पाउनुहुन्छ । तर यो नयाँ रिसर्चको नतिजा सुनेपछि तपाईं स्याउमात्र होइन केरा पनि मन पराउन थाल्नुहुन्छ ।

एक नयाँ अनुसन्धानबाट पत्ता लागेको छ कि हरेक दिन कम्तिमा १ कोसा केरा सेवन गर्नुभयो भने तपाईंमा दृष्टि गुम्ने खतरा कम हुन्छ ।

शोधकर्ताहरुले अनुसन्धानको क्रममा केरामा क्यारोटिनाइड रशायन पाएका थिए । यसले फुलफूललाई रातो, बैजनी तथा पहेँलो रंगको बनाउने रशायन हो । जुन लिभरमा पुगेर भिटामिन ए मा परिवर्तन हुन्छ । यो आँखाका लागि पनि निक्कै फाइदाजनक हुन्छ ।

पछिल्लो अनुसन्धानमा पनि पत्ता लागेको छ कि क्यारोटिनाइडको मात्रा धेरै भएका खाद्य पदार्थले क्यान्सर, हृदयघात तथा मधुमेहको खतरापनि कम गर्छ ।

अनुसन्धानमा पत्ता गरे अनुसार केरामा प्रोभिटामिन ए क्यारोनाइड प्रचुर मात्रामा हुन्छ । जसलाई आँखाको लागि महत्वपूर्ण भिटामिन ए को कमी पूरा गर्नको लाथि संभावित साद्य श्रोतको रुपमा लिन सकिन्छ ।

भिटामिन ए को कमी पूरा गर्नको लागि अनुसन्धानकर्ताहरुले केरामा क्यारोनाइडको मात्रा बढाउने विधिको बारेमा पनि जाँच गरेका थिए । अष्ट्रेलियाको क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका कारा एल मोर्टिमर लगायतका अनुसन्धानकर्ताहरुले यस अनुसन्धानका लागि केराका दुई प्रजातिको अनुसन्धान गरेका थिए । उनीहरुले कम पहेँलोमा भन्दा गाढा पहेँलो रंगको केरामा क्यारोनाइडको मात्र बढि रहेको समेत पत्ता लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment