Comments Add Comment

युनाइटेडले बराबरीमा रोक्यो, च्याम्पियन बन्न लिसेस्टरले कुर्नु पर्ने

Morgan

१९ वैशाख, काठमाडौं । म्यानचेष्टर युनाइटेडले बराबरीमा रोकेपछि लिसेस्टर सिटीले प्रिमियर लिगको च्याम्पियन बन्न अझै केही दिन कुर्नु पर्ने भएको छ ।

आइतबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेष्टर युनाइटेडले लिसेस्टरलाई १-१ को बराबरीमा रोकेको हो । अब च्याम्पियन बन्न लिसेस्टरलाई २ अंक चाहिएको छ ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडले आठौं मिनेटमा नै मार्टिअलको गोलबाट अग्रता लिएको थियो । तर, १७ औं मिनेटमा लिसेस्टरका मार्गनले बराबरी गोल फर्काए ।

खेलमा थप गोल हुन सकेन । अन्तिम केही मिनेट भने लिसेस्टर १० खेलाडीमा सिमित भएको थियो । डि्रङ्कवाटर दोहोरो पहेँलो कार्ड पाएपछि लिसेस्टर १० खेलाडीमा सिमित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment