Comments Add Comment

सरकार असफल भएको कांग्रेस संसदीय दलको निष्कर्ष

संसदमा सरकारविरुद्ध कडारुपमा प्रस्तुत हुने

Congress

१९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । र, उसले मंगलबारदेखि सुरु हुने व्यवस्थापिका संसद् बैठकमा सरकारविरुद्ध कडारुपमा प्रस्तुत हुने निर्णय गरेको छ ।

कांग्रेसको संसदीय दलको कार्यसमितिको आइतबार अपराहृन बसेको बैठकले संविधानको कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र कूटनीतिक क्षेत्रमा ओली सरकार असफल भएको निष्कर्ष निकालेको छ ।

सरकारले प्रचार मात्र गरेको, वर्षा र हिउँद पालमुनी कटाएका भूकम्प प्रभावितहरुलाई घर बनाउन २ लाख अनुदान दिन बेवास्ता गरेको तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन समेत चासो नदिएको कांग्रेसको आरोप छ ।

यस्तै नाकाबन्दी हटेको तीन महिना हुन लाग्दा पनि उपभोक्तालाई माग अनुसार ग्यास र पेट्रोल दिनुको साटो कालोबजारीलाई संस्थागत गरेको काँग्रेसको आरोप छ । संविधानको विषयलाई लिएर अन्र्तराष्ट्रिय मञ्चहरुमा विभिन्न टिकाटिप्पणी हुँदा पनि सरकारले अन्र्तराष्ट्रिय समुदायलाई बुझाउन प्रयास नगरेको तथा संविधानको कार्यान्वयन र मधेसवादी दलहरुसँग वार्ता गरेर समस्या समाधानमा तदारुकता नदेखाएको कांग्रेसको आरोप छ ।

बैठकपछि नेता प्रकाशशरण महतले भने, ‘सरकार फ्रन्टमा सरकार असफल भएको छ । जनताका सरोकारका विषयका लागि विशेष समय माग्ने र पि्र बजेट अघि संसदमा गम्भीर छलफल हुनुपर्छ भन्ने कुरा उठेको छ ।’

कांग्रेस बैठकले पुनर्निर्माण, मधेसवादी दलहरुसँगको वार्ता, संविधानको कार्यान्वयन लगायतका विषयमा सरकारले चित्तबुझ्दो जवाफ नदिएसम्म पि्रबजेट छलफल र नीति तथा कार्यक्रम प्रस्तुत हुन नदिने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment