Comments Add Comment

कृषि क्याम्पस खुल्यो प्राध्यापक छैनन्

२० वैशाख, काठमाडौं । आफ्नै गाउँमा कृषि विषय पढाइ हुने कलेज खोल्न कास्की पुरुवन्चौरका बासिन्दाले चार करोड २५ लाख रुपैयाँ दान गरे ।

jana-hagriti-school-3कलेज भवनका लागि जग्गा जुटाएको आजको अन्नपूर्णमा समाचार छ । नपुगेको जग्गा थप्न अझै लागिपरेका छन् ।

स्थानीयको यस्तो उत्साह देखेपछि कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनले पुरन्चौरमा आंगिक कलेज खोल्न सम्बन्धन दियो ।

वैशाख ८ गते प्रधानमन्त्री केपी ओली आएर भवन शिलान्यास गरी स्थानीयको होहल्ला बढाएका थिए । भवन शिलान्याससँगै कक्षा लिएर प्रधानमन्त्री नै पठनपाठन सुरु गराए ।

आफ्ने भवन नभइन्जेलका लागि स्थानीयकै पहलमा भारतीभवन उच्चमाविले कलेजलाई कोठा दिइरहेको छ । तर, स्थानीय बासिन्दा यतिसारो खटिएर लागेको कलेज सुरु हुनासाथै राजनीयितक अकर्मण्यताको सिकार भएको छ ।

दलीय भागबन्डा नमिल्दा विश्वविद्यालय अनुदान आयोगमा पदाधिकारी छैनन् । पदाधिकारी पूरा नभएकौले पुरन्चौरको कृषि कलेजलाई आयोगले प्राध्यापक र कर्मचारी दरबन्दीको प्रक्रिया पुरा गरिदिएपछिमात्रै विश्वविद्यालयले कलेजमा दरबन्दी सिर्जना गरी मानव संसाधन खटाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment