Comments Add Comment

घरेलु मदिरा नियन्त्रणमा प्रहरीको सक्रियता बढ्यो

एकदिन २ हजार ७ सय ५ लिटर मदिरा नष्ट

madir_chitawan२० बैशाख, चितवन । जिल्लामा घरेलु मदिरा नियन्त्रण अभियानलाई चितवन प्रहरीले सक्रियाता बढाएको छ । शान्ति सुरक्षामा घरेलु मदिराले बढी हिंसां बढाएपछि अभियानलाई तीव्र रुपमा अगाडी बढाएको प्रहरीले जनाएको छ ।

अभियान प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय चितवनले मातहत र ईकाईका प्रहरी निरीक्षक खटाएर घरेलु मदिरा नियन्त्रण अभियानलाई सक्रियाता बनाएका कार्यालयका प्रमुख एवं प्रहरी उपरिक्षक वसन्त कुवंरले जानकारी दिए ।

जिल्लामा हुने धेरै घरेलु हिंसाका घटना पछिल्लो समयमा मदिराकै कारण भएको पाईयो कुवंरले भने- ‘अब यस्ता कार्य रोक्न अभियान उपयुक्त देखिएपछि नियन्त्रयण कार्यलाई सक्रियता बढाएका हौं ।’

यसैबीच सोही अभियान अन्र्तगत आइतबार मात्रै १ हजार ६ सय ९० लिटर कच्चा पदार्थ र १ हजार १५ लिटर अवैध घरेलु तयारी मदिरा नष्ट गरिएको उनले बताए ।

जिल्ला र मातहत इकाई समेत खटिएका प्रहरी टोलीद्धारा जिल्लाका माडी, टाडी, जुटपानी, खैहरनी, नारायणगढ लगायतका स्थानहरुबाट सो परिमाणको मदिरा एकै दिन नष्ट गर्न सफल भएको हो ।

साथै सोही क्रममा मदिरा बनाउने २३ वटा भाडा वर्तन र मदिरा ओसारप्रसार गर्ने १ थान मोटरसाईकल समेत नियन्त्रणमा लिएको चितवन प्रहरी जनाएको छ ।
घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गर्ने अभियान सुरु भएपछि पारिवारिक झैँ-झगडा, छिमेकीसँग झगडा, समाजमा अशान्ति मच्चाउने क्रम रोकिएको र सवारी दुर्घटनामा पनि कमी आएको  चितवन प्रहरीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment