Comments Add Comment

२ हजार १ सय प्रतिनिधिले फोरम लोकतान्त्रिकको नेतृत्व छान्दै

२० वैशाख, काठमाडौं । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको पहिलो राष्ट्रिय महाधिवेशन आजबाट विराटनगरमा सुरु हुँदैछ । महाधिवेशन तीन दिनसम्म चल्ने छ ।

Bijay-Gachhadarतराई मधेसमा क्षेत्रीय राजनीतिक शक्तिको रुपमा ६ वर्षअघि उदय भएको फोरम लोकतान्त्रिकले पहिलोपटक महाधिवेशन आयोजना गर्न लागेको हो ।

संसदमा पाँचौं ठूलो दलको हैसियतमा रहेको लोकतान्त्रिकले प्रस्तावित १ नम्बर प्रदेशको मुख्य औद्योगिक क्षेत्र विराटनगरमा महाधिवेशन गर्न लागेको हो ।

विजयकुमार गच्छादार अध्यक्ष रहेको फोरम लोकतान्त्रिकले पार्टीको नाम फेर्ने तयारी समेत गरेको छ । गच्छादारले नयाँ विधान पारित गर्दै पार्टीका सबै तहमा नयाँ संरचनाको खाका तयार गर्ने जनाउँदै मधेसमा मात्र नभएर हिमाल पहाडमा पनि पार्टी विस्तार गर्ने जनाए ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा देशभरका ४२ जिल्लाका दुई हजार एक सय प्रतिनिधि, पाँच सय पर्यवेक्षक र अतिथिसहित दुई हजार ५ सयजना सहभागी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment