Comments Add Comment

सडकमा यसरी हिँड्दैछन् राजधानीवासी (फोटोकथा)

प्रदुषणको सहर बन्दैछ काठमाडौं

dhulo_ktm (4)१९ वैशाख, काठमाडौं । माथिको तस्वीर हेर्नुभयो ? राजधानी काठमाडौंका बासिन्दा प्रदुषणको कस्तो चपेटामा छन् भन्ने देखाउन यही एउटा तस्वीर नै पर्याप्त होला । फेरि उपत्यका बाहिर बस्नेलाई लाग्न सक्छ, काठमाण्डौंको कुनै एक ठाउँ मात्रै यस्तो हो कि ! तर, हैन ।

हामीसँग काठमाडौंमा विभिन्न ठाउँमा खिचिएका तस्वीरहरु छन्, जसले काठमाडौंमा सास फेर्न पनि कति मुस्किल छ भन्ने दर्शाउँछन् ।

साना ठूला सवारीदेखि सानोतिनो बेगको हावाले फैलाउने धुलोले काठमाडौं दिउँसो नै कुहिरोमण्डल जस्तै हुन्छ । यसको मारमा पैदलयात्री मात्रै परेका छैनन्, गाडीमा हुँइकिनेदेखि मोटरसाइकलमा दौडनेलाई पनि यो धुलो झेल्न सजिलो छैन ।

‘कालो सिसाभित्र सवारी गर्नेले यो धुलो नदेख्ने रहेछन् । देख्ने हाकिमहरुले काम गर्दैनन् ‘ लैनचौरमा भेटिएकी महिलाले भनिन्-‘काठमाडौंको धुलो गाउँमा बाल्ने धुवाँ निस्किने चुलो भन्दा ‘खतरनाक’ छ ।’

dhulo_ktm (11)काठमाडौंको मुख्य सडक मानिने रिंगरोडको कुनै भाग पनि धुलोमुक्त छैन । पिच गरिएका सडकमा पनि छेउ-छाउको अव्यवस्थित सडकपेटी र पानी बग्ने बाहरी ढलबाट धुलो उडिरहेका छन् । कोटेश्वर-कलंकी सडक खण्डमा तपाईं पुग्नुभयो भने तपाईंले भन्नुहुनेछ-‘यो देशको राजधानी कि धुलोको ?’

काठमाडौंमा सडक विस्तारको काम सुरु भएको वर्षौ भइसक्यो । तर, कति खण्डमा यसको काम सुरु भएकै छैन, भने सुरु भएका खण्डको काम कछुवा गतिमा काम भइरहेको छ ।

काम जति ढिला भएपनि ‘विकासको काम हुँदैछ’ जनता चुप छन् । तर त्यही मौनतामा टेकेर सरकारी निकाय र निर्माण कम्पनीहरु सडकलाई मरुभूमी जस्तै स्वरुपमा राखिरहेका छन् ।

योजनाअनुसार काम नहुँदा सर्वसाधाण धुलोले भरिएको प्रदुषित तथा विशाक्त हावा ग्रहण गर्न बाध्य छन् । भत्किएका, बिग्रिएका, खाल्डा परेका, र भत्काइएका सडकको अवस्था पनि नसुध्रिएसम्म धुलोको समस्या हट्ने अवस्था पनि छैन ।

dhulo_ktm (17)काठमाडौंका भित्री सडकहरु त यसै पनि बेलैमा मर्मत नभएर धुलाम्य छन् नै, अधिकांश मुख्य सडकहरु पनि धुलोको भारी नै बोकेर बसेका छन् । यो धुलो सर्वसाधारणको फोक्सोसम्म पुग्न रोक्ने कुनै उपयुक्त बिधि सरकारले रोजेको पनि छैन । यसले ल्याउने स्वास्थ्य समस्याले काठमाडौंलाई नै थप रोगी र बिरामी बनाउँदै लगेको छ । यही धुँवा र धुलोको मारमा धेरै सर्वसाधारण नागरिकहरु श्वासप्रश्वास, नाक, घाँटी, फोक्सो लगायतका स्वास्थ्य समस्या भोग्दैछन् ।

यो पनि पढ्नुहोस्-

काठमाडौं एशियाकै प्रदुषित सहर हो त ?

धूलोको क्षतिपूर्ति कहिले पाइन्छ ?

हेर्नुहोस् थप तस्वीर

dhulo_ktm (8) dhulo_ktm (7) dhulo_ktm (16) dhulo_ktm (5) dhulo_ktm (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment