Comments Add Comment

वेनिशाले आफ्नै तस्बिर खिच्न पाइनन्, कारण निखिल

nikhil and benisha
नायिका वेनिशा हमालले आफ्नै तस्बिर खिच्न पाएकी छैनन् । चलचित्र ‘किङ’को छायांकनका लागि लुम्बिनीमा रहेकी वेनिशाले नायक निखिल उप्रेतीका कारण आफ्नै तस्बिर खिच्न नपाएकी हुन् । सविर श्रेष्ठको निर्देशनमा तयार भैरहेको यो चलचित्रको छायांकनको तस्बिर खिचेर फेसबुकमा राख्ने वेनिशाको चाहना पुरा हुन सकेको छैन ।

निर्माणपक्षले नायक निखिल उप्रेतीको लुक सार्वजनिक नगर्ने भन्दै तस्बिर खिच्न मनाही गरेको छ । जसकाकारण छायांकन हेर्न आएका दर्शकले पनि तस्बिर लिन पाएका छैनन् । निखिल र वेनिशाको पहिरन सहितको गेटअप खिच्न पूर्ण मनाही गरिएको छ ।

नेपाली चलचित्रका कलाकारहरु छायांकनको सुरुदेखि नै आफ्नो तस्बिर खिचेर सामाजिक संजालमा पोष्ट गर्न हतारिन्छन् । जसले गर्दा चलचित्रप्रतिको खुलदुली नै हराउँछ । निर्देशक सविर श्रेष्ठले यो कुरा वुझेर छायांकन अवधीभर क्यामेरा र मोबाइल प्रयोगमा रोक लगाएका छन् । यो चलचित्रलाई दशैंमा रिलिज गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment