Comments Add Comment

कांग्रेसमा नयाँ बहस- ओलीबाहेकको नेतृत्वमा खुला छौं

ओली सरकारलाई लम्ब्याइराख्न आवश्यक छैनः मीन विश्वकर्मा

२० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट एक नेताले नयाँ सरकार गठनमा केपी ओलीबाहेकको विकल्पमा खुला रहेको बताएका छन् ।

Min-Bishwokarmaप्रधानमन्त्री ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकालेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार फेर्ने कसरत सुरु गरेको छ । यसका लागि एमाओवादी र राप्रपासहितका दलहरुसँग सम्वाद सुरु भइसकेको उसले बताएको छ । सकेसम्म एमाले सरकारलाई जेठ १५ मा बजेट ल्याउन नदिने कांग्रेसको रणनीति छ ।

देउवानिकट नेता मीन विश्वकर्मा भन्छन्, सात महिनासम्म असफल भइसकेको ओली सरकारलाई अब लम्याइराख्न आवश्यक छैन । हामी जेठ १५ मा बजेट आउनु अघि नै सहमति जुटाउने प्रयासमा छौं ।’

कांग्रेसको पहिलो प्राथमिकता संविधान पक्षधरहरुको राष्ट्रिय सरकार भएको नेता विश्वकर्माले अनलाइनखबरलाई बताए । ‘हामीले रचनात्मक सहयोग गर्दा पनि सरकारको काम गर्न सकेन’ उनले भने, ‘संविधान कार्यान्वयन भएन भने योभन्दा ठूलो संकट आउन सक्छ । अब धैर्य गर्न सकिँदैन ।’

ओली सरकारले तराई मधेसको समस्या समाधान गर्न नसकेको, नाकाबन्दी र मधेस आन्दोलन हटे पनि आपूर्ति व्यवस्था सहज नभएको, भूकम्पपछिको पुनर्निर्माणको काम नभएको र भारत, बेलायतसहितका देशसँगको कूटनीतिक सम्वन्ध पनि बिगारेको कांग्रेको आरोप छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले अब एमाले, एमाओवादी, राप्रपा र मधेस केन्द्रित दलको राष्ट्रिय सरकार बनाउन प्रयास गर्ने नेता विश्वकर्मार्ले अनलाइनखबरलाई बताए । उनले भने, हाम्रो पहिलो प्राथमिकता ठूलो दल भएकाले कांग्रेसको नेतृत्वमा सरकार हो । तर, त्यसमा सहमति जुटेन भने ओलीबाहेक अरुको नेतृत्वमा सहमति जुट्छ भने हामी त्यसमा खुला छौं ।’

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन चाहेको नेपाली कांग्रेसले किन अन्य विकल्पलाई खुल्ला राख्ने भनिरहेको होला ? यो प्रश्नमाथि विचार गर्दा कांग्रेसले अहिलेको सरकार ढाल्न पनि ओली बाहेकको नेतृत्व खुला छौं भन्ने कार्ड खेलेको हुनसक्छ । किनकि ओली सरकारको मुख्य घटक एमाओवादीविना कांग्रेसले नयाँ सरकार बनाउन सक्दैन र ढाल्न पनि सक्दैन ।

एमाओवादीलाई अहिलेको सरकारबाट हट्नेतर्फ आकषिर्त गर्न उसले ओली बाहेकको नेतृत्व भनेको देखिन्छ । साथै यसले एमालेभित्रै पनि अन्तरसंघर्ष गराउन सक्ने कांग्रेसको अनुमान छ ।

कांग्रेस नेताहरुले संविधान पक्षधरहरुको राष्ट्रिय सरकारका लागि एमाले तयार नभए बहुमतको सरकार गठनको प्रयास गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment