Comments Add Comment

गुजरात युनिभर्सिटीले भन्यो- मोदीले मास्टर डिग्री गरेका छन्

narendra_modi

भारतीय प्रधानमन्त्रीको पढाइबारे विवाद सुरु भएपछि गुजरात विश्वबिद्यालयले नरेन्द्र मोदीले यहाँबाट पोल्टिकल साइन्समा प्रथम श्रेणीमा एमए गरेको जानकारी दिएको छ ।

दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले नै गत साता मोदीको शिक्षाबारे प्रश्न उठाएका थिए । उनले मूख्य सूचना आयुक्तलाई पत्र लेखेर मोदीको कुनै डिग्री नभएको भन्दै साँचो कुरा जनतालाई बताउन आगग्रह गरेका थिए ।

मूख्य सूचना आयुक्तका अनुसार यदि कुनै मूख्यमन्त्रीले मागेको जानकारी सार्वजनिक गर्नु सही काम हुनेछ ।

र, यसबारे गुजरात विश्वविद्यालय बोलेको छ । अहमदावादस्थित गुजरात विश्वविद्यालयका कुलपति एमएन पटेलले प्रधानमन्त्री मोदीले स्नाकोत्तर पास गरेको जानकारी दिँदै भनेका छन् कि उनले जम्मा ६२.३ प्रतिशत अंक प्राप्त गरेका थिए ।

यद्यपी उनले मोदीको बीएको डिग्रीका बारेमा जानकारी नभएको बताए । बीएको डिग्री मोदीले दिल्ली विश्वविद्यालयबाट हासिल गरेका थिए ।

modi-degreeपटेलका अनुसार मोदीले मास्टर डिग्रीको पहिलो बर्ष ४०० पूर्णांकमा २३७ र दोस्रो बर्षमा ४०० पूर्णांकमा २६२ नम्बर ल्याएका थिए । जम्मा ८०० पूर्णांककमा उनले ४९९ नम्बर हासिल गरेका थिए ।

सन् २०१४ को लोकसभा निर्वाचन पहिले दिइएको जानकारी अनुसार मोदीले दिल्ली विश्वविद्यालयबाट स्नातक र गुजरात विश्वविद्यालयबाट स्नाकोत्तर गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले चुनावभन्दा पहिले दिएको जानकारीबारे यसअघि पनि विवाद भएको थियो । गुजरात चुनावमा उनले आफ्नो विवाह सम्बन्धि जानकारी दिएका थिएनन् । त्यहि बर्ष उनले जसोदावेन आफ्नो पत्नी भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment