Comments Add Comment

दक्षिण एसियाली शरणार्थी सम्मेलन काठमाडौंमा शुरू

२० वैशाख, काठमाडौं । दक्षिण एसियामा रहेका शरणार्थीहरू र उनीहरूले भोग्नु परेका समस्या र तिनको निदानको विषयमा छलफल गर्ने उद्देश्यले आयोजना गरिएको क्षेत्रिय सम्मेलन काठमाडौँमा शुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको उदघाटन राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गरे ।
Anupraj-Sharmaकार्यक्रममा उनले नेपालमा विदेशी शरणार्थीहरूको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको र राष्ट्र संघको शरणार्थी सम्बन्धि निकायसँग सहकार्य गर्दै आयोग अगाडि बढेको बताए ।
नेपालमा रहेका भुटानी शरणार्थीहरू विश्वकै ठूलो पुनर्वास कार्यक्रम अन्तर्गत पश्चिमा देशहरूमा पठाइएको स्मरण गर्दै उनले नेपालमा शरणार्थी व्यवस्थापन चुनौतिपूर्ण रहेको बताए । ‘हामीले शरणार्थीहरूको अवस्थाका बारेमा निरन्तर अनुगमन गरिरहेका छौँ र सरकारलार्इ यस मामिलामा बेला-बेलामा सुझाव पनि दिने गरेका छौँ, ‘ उनले भने ।
सेन्टर फर साउथ एसियन स्टडिजका डा. निश्चलनाथ पाण्डेले दक्षिण एसियामा शरणार्थीहरूको अवस्थाबारे प्रकाश पार्दै भने, ‘भारतमा दुर्इ लाख, र नेपालमा ४० हजार शरणार्थी छन् भने श्रीलङ्कामा ३० हजार भन्दा बढी व्यक्ति विस्थापित छन् । यी आँकडाहरूले पनि देखाउँछन् दक्षिण एसियामा शरणार्थीको समस्या विकराल छ ।’
सेन्टर फर साउथ एसियन स्टडिज (नेपाल), कोनराड आडेनोयर स्टिफटिङ र दक्षिण एसियाली थिङ्क ट्याङ्क कन्सोर्टियमको संयक्त आयोजनमा भइरहेको सम्मेलनमा एक दर्जन भन्दा बढी कार्यपत्र प्रस्तत हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment