Comments Add Comment

उच्चमावि नपढेको व्यक्ति पत्रकार बन्न नपाउने प्रस्ताव

Journalist

२० वैशाख, चितवन । नेपाल पत्रकार महासंघले एसएलसी मात्र गरेका व्यक्तिले पत्रकार बन्न नपाउने गरी विधान संशोधनको प्रस्ताव ल्याएको छ ।

मंगलबारदेखि चितवनको रत्ननगरमा हुन लागेको विधान सभामा उक्त संशोधन प्रस्ताव पेस गर्न लागिएको पत्रकार महासंघले जनाएको छ । महासंघले सभासद्लाई अध्ययनका लागि दिएको विधान संशोधनको प्रस्तावमा पत्रकार बन्नलाई अब कम्तीमा पनि उच्च माध्यमिक तह वा सो सरहको पढाइ हुनुपर्ने प्रावधान राखिएको छ ।

यसअघिको विधानमा एसएलसी गरेर मापदण्ड पुगेका पत्रकार बन्न पाउने प्रावधान थियो । पत्रकार महासंघको विधान २०६० को चौथो संशोधनका लागि उक्त प्रस्ताव ल्याइएको महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए ।

महासंघको कात्तिक २७ को बैठकले विधान संशोधन गर्ने निर्णय गरेअनुरुप फागुन १९ मा सभासद् र सदस्यबाट आएको सुझाव समेटेर चैत १५ मा प्रस्ताव पारित गरिएको हो ।

यस वर्ष पेसा र भौतिक सुरक्षालाई प्राथमिकता दिँदै पत्रकार तथा आमसञ्चारमाध्यमको व्यावसायिक हकहित र भौतिक सुरक्षाका लागि सक्रिय रहने भन्ने बुँदा थप गरिएको छ ।

प्रस्तावमा कार्यकारिणी सभालाई केन्द्रीय सभा बनाउने, सभासद्लाई केन्द्रीय सभासद् र प्रदेश सभा नयाँ थप्ने प्रस्ताव ल्याइएको छ । भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भए पनि महासङ्घले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ । यसमा सातवटा प्रदेश, उपत्यका एक, एसोसिएट एक र प्रतिष्ठान एक गरी १० पुर्याउने योजना छ ।

यस्तै केन्द्रीय सभामा चयन हुने सभासद् यसअघि १० बराबर १ रहेकामा प्रस्तावित विधानमा १५ बराबर एक रहने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment