Comments Add Comment

‘दंगाल’पछि आमिरले गर्नेछन् ‘सेक्रेट सुपरस्टार’

Aamir Khan, Indian actor and director, member of the international jury of the Berlinale 2011

बलिउड नायक आमिर खान यतिबेला चलचित्र ‘दंगाल’कै काममा व्यस्त छन् । यो चलचित्रमा उनी रेसलरको भूमिकामा देखिदैछन् । उनै आमिर एउटा चलचित्र नसकी अर्कोमा काम गर्दैनन् । आमिरले ‘दंगाल’ पछि गर्ने नयाँ चलचित्रको नाम सार्वजनिक भएको छ । उनले ‘सेक्रेट सुपरस्टार’ नामक चलचित्रमा काम गर्ने भारतीय मिडियाले खुलासा गरेका छन् ।

यो चलचित्रमा आमिरको मुख्य भूमिका भने हुनेछैन । तर,उनी महत्वपूर्ण भूमिकामा चलचित्रमा देखिनेछन् । आमिरका म्यानेजर एड्भाइट चन्दनले यसलाई निर्देशन गर्दैछन् । आमा र बच्चाको कथामा यो चलचित्र बन्नेछ । सुरुमा यो चलचित्रको नाम ‘आज फिर जीने कि तमन्ना हे’ राख्ने तयारी गरिएको थियो ।

तर, पछि परिवर्तन गरेर ‘सेक्रेट सुपरस्टार’ राखिएको हो । चलचित्रको छायांकन जुनबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment