Comments Add Comment

सरकार परिवर्तनबारे कांग्रेससँग छलफल भएको छैनः प्रचण्ड

Prachanda

२० वैशाख, विराटनगर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सरकार परिवर्तन हुन कुनै सम्भावना नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सरकार परिवर्तन समस्याको समाधान नभएको बताए । उनले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग सरकार परिवर्तनका विषयमा कुनै छलफल र सम्वाद नभएको दाबी गरे ।

प्रचण्डले सरकार वदल्ने भन्दा मुलुकको समस्या समाधान गर्नेतर्फ दलहरुको ध्यान केन्दि्रत हुनुपर्नेमा जोड दिए । नयाँ संविधानको कार्यान्वयन, पुनर्निर्माण तथा मधेसको समस्या समाधानका लागि दलहरुवीच राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए ।

उनले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भने स्वीकार गरे । सरकारलाई कसरी प्रभावकारी रुपमा अगाडी वढाउन सकिन्छ भन्ने विषयमा आफू र प्रधानमन्त्रबीच छलफल भइरहेको उनले जानकारी दिए ।

एमाओवादी अध्यक्ष प्रचण्डले सरकारको कामबारे बेलायतको संसदमा छलफल हुनु स्वभाविक नभएको बताए । उनले भने, ‘नेपालको आन्तिरिक विषयमा जसरी चासो देखिने गरेको छ, त्यो राम्रो होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment