Comments Add Comment

सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन कांग्रेसमा दबाव

कांग्रेसको नबने एमाओवादीको सरकार बनाउन सुझाव

Sher Bahadur deuba

२० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेतृत्वलाई दबाव दिएका छन् । उनीहरुले सकेसम्म कांग्रेसको नेतृत्वमा नभए एमाओवादी नेतृत्वमा सरकार गठनबारे छलफल चलाउन सुझावसमेत दिएका छन् ।

समसामयीक राजनीतिक परिस्थितिबारे छलफल गर्न सोमबार कांग्रेस संसदीय दलको बैठक बसेको थियो । संसद भवनमा बसेको बैठकमा अधिकांश सदस्यहरुले सबैभन्दा ठूलो दलको नाताले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने बताए । कांग्रेसको नेतृत्वमा सरकार बन्ने अबस्था नभए एमाओवादीको नेतृत्वमा सरकार गठनका लागि छलफल चलाउन नेतृत्वलाई सुुझाव दिए ।

केपी ओली नेतृत्वको सरकारले निरन्तरता पाए मधेसको समस्या थाँती रहने र संविधानको कार्यान्वयन पनि अलपत्र पर्ने भन्दै तत्काल सरकारको विकल्प खोज्न अधिकांश सांसदले बताएको बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

सांसदहरुले पुनर्निर्माणको काममा भएको ढिलासुस्ती, न्यायालयमा गर्न खोजेको राजनीतिकरण, महिनौंदेखि मौलाएको कालोबजारी लगायतलाई आधार मानेर सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने धारणा राखेको नेता निधिले बताए ।

मधेस समस्याको समाधान, संविधानको कार्यान्वयन र भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणको कामलाई तिब्रता दिन नसकेको भन्दै अब सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने कांग्रेस सांसदको भनाइ छ ।

भिडियो हेर्नुस्

संवैधानिक परिषदले एमालेकी पूर्व सभासद सपना प्रधान मल्ल र एमाले समर्थित पूर्व महान्यायाधिवक्ता हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश हुने रोलक्रमसहित सर्वोच्च्ा अदालतको न्यायाधीशमा सिफारिस गरिएकामा कांग्रेस सांसदहरुले आपत्ति जनाएका थिए ।

उनीहरुले एमाले नेतृत्वको सरकार स्वतन्त्र न्यायपालिकालाई राजनीतिकरण गर्न तल्लीन रहेको विषयलाई पार्टीले सामान्य रुपमा लिन नहुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment