Comments Add Comment

विदेशिने कामदारको सुविधा र सुरक्षाबारे सार्क मुलुकले एउटै नीति लिने

गन्तब्य मुलुकसँगको 'बार्गेनिङ पावर' बढ्ने अपेक्षा

labour of saarc
२० वैशाख, काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारको हित संरक्षण तथा सुरक्षाका लागि सार्क क्षेत्रका सबै देशले समान अवधारणा बनाउने भएका छन् ।

दक्षिण एसियाली कामदारको हितका लागि भिसा तथा टिकट शुल्क, तलव, सुविधा, सुरक्षा, बीमा र न्याय सम्पादनका विषयमा एउटै नीति र अवधारणा बनाएर ति देशसँग मागहरु अघि सार्ने योजना बनाइएको हो ।

वैदेशिक रोजगारीका सिलसिलामा सार्क मुलुकहरुबाट जाने आप्रबासी कामदारहरुको हित संरक्षणका लागि अब सार्क मुलुकहरुमा समान किसिमको विदेशिने कामदार बारेको नीति र ‘बार्गेनिङ’ संयन्त्र तथा कानुनी व्यवस्थाहरु विकास गर्न लागिएको छ ।

सार्क मुलुकका रोजगार तथा परराष्ट्र मन्त्रालयका सह-सचिव तथा विज्ञहरुले मंगलबारदेखि यसै विषयमा काठमाडौंमा यसका लागि छलफल थाल्दैछन् ।

‘बार्गेनिङ पावर’ बढ्ने अपेक्षा

विशेषगरी मलेसियासहितका खाडी मुलुकमा विदेशी कामदारको प्रमुख स्रोत सार्क मुलुकहरु नै हुन् । तर, त्यहाँ कामदारहरु अनेकन समस्याले ग्रसित भइरहँदा सार्क मुलुकका सरकारहरु प्रतिक्रियाबिहीन बनेका छन् ।

यसैलाई ध्यानमा राखेर विदेशमा दक्षिण एसियाली देशहरुले कामदार पठाउँदा क्षेत्रीय साझा अवधारणा अनुरुपको शर्त लागू गर्ने तयारीका साथ काठमाडौंमा कार्यक्रम राखिएको वैदेशिक रोजगकार प्रवर्द्धन बोर्डले जनाएको छ ।

यसबाट कामदारको स्रोत बनेका सार्क मुलुकहरुले गन्तब्य देशसँगको ‘बार्गेनिङ पावर’ बढ्ने प्रवर्द्धन बोर्डका सह-निर्देशक दीपेन्द्र पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

‘विदेशिने कामदारको अधिकतम् हित र सुरक्षाको एजेण्डलाई क्षेत्रीय तवरबाटै उठाउन खोजिएको हो’ उनले भने-‘सबै देशले आ-आफ्नो तवरले काम गर्दा सबै देशका कामदारको हित सुनिश्चित नभएकाले अब साझा अवधारणा बनाउन लागेका हौं ।’

सबै मुलुक एक ठाउँमा

काठमाडौंमा दुई दिनसम्म चल्ने सार्क स्तरीय आप्रबासी कामदारबारेको कार्यशाला गोष्ठीबाट क्षेत्रीय तहमा कार्यगत, नीतिगत तथा समन्वयात्मक एकता सुदृढ हुने विश्वास गरिएको छ ।

अहिले खाडीसहतिका श्रम गन्तब्य मुलुकले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान लगायतका देशका मुलुकबाट वाषिर्क लाखौं कामदार लिने गरेका छन् ।

तर, क्षेत्रीय तवरमा समन्वय नहुँदा रोजगारदाता मुलुकले एउटा देशको कामदार कोटा कटाएर अर्कोलाई दिने तथा यही कमजोरीमा टेकेर कामदारको हितका लागि काम नगर्ने लगायतका समस्या कायमै छन् ।

यसलाई समाधान गर्न सबै मुलुक एक ठाउँमा उभिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment