Comments Add Comment

सल्यान हत्याकाण्डको नालीबेलीः ‘हत्यारा’ त भीडमा रमिता हेरेर बसिरहेको रहेछ

Salyan-duder

२० वैशाख, काठमाडौं । गत वैशाख १५ गते विहान साढे ६ बजेसम्म सीता खाँड नउठेपछि नजिकै बस्ने काका-ससुरालाई खुल्दुली भयो । ‘आज किन कोही पनि उठेनन्’ भन्दै उनी चियाउन आए ।

घरभित्र प्रवेश गर्दा उनले विभत्स दृष्य देखे । सीता र उनकी बहिनी गीता गिरी रग्ताम्य भई भुँइमा लडेका थिए । गिताको शव अर्धनग्न अवस्थामा थियो । अर्को ठाउँमा बच्चाको शव थियो । त्यसपछि उनले तत्कालै प्रहरी बिट लान्ती बजारमा घटनाबारे गराए ।

बिहान साढे सात बजे इलाका प्रहरी कार्यालय लुहाममा कार्यरत प्रहरी निरिक्षक सुरेस गौतमले डिएसपी श्याम खत्रीको मोबाइलमा फोन गरे । उनले छायाछत्र गाविस-९, रानागाउँमा घरभित्रै सुतेका ४ महिला-केटाकेटी मारिएको र १ महिला घाइते भएको जानकारी गराए ।

अस्थाई प्रहरी बिट लान्तीबजारमा कार्यरत हवल्दार खुमबहादुर सहितको टोली घटनास्थल पुगिसकेको थियो । केहीबेरमा डिएसपी खत्री पनि घटनास्थलमा पुगे । घाइते एक महिलाले घटना गराउने मान्छेका सामान्य हुलिया दिएकी थिइन् ।

डिएसपी खत्रीले तत्काल जिल्लाभरीका नाकाहरुमा यस्तो हुुलिया भएको मानिस फेला परेमा पक्राउ गर्नु भनेर चेकप्वाइन्ट राख्न लगाए । उनले विभिन्न निकायमा रिपोर्टिङ गरि कुकुर सहितको टोली पठाइदिन अनुरोध गरे ।

घटनास्थल एकान्त ठाउँमा थियो र, घटनाको बारेमा सूचना दिन सक्ने कोहि थिएनन् । अनुसन्धान निकै जटिल हुने देखिएको थियो । ‘एकातिर स्थानीयको आक्रोशित भीड अर्कोतिर गृहमन्त्रालयदेखि आइजीपी, डिआइजी सबैले फोन गरेर सोध्न थाल्नुभो’ डीएसपी खत्रीले अनलाइनखबरसँग भने, ‘अपराधी जसरी पनि पत्ता लगाउनु पर्ने दबाव थियो ।’

जुठीतिर शंकाको सुई

हत्या भएको ठाउँबाट कुनै सुराक नमिल्ने देखिएपछि घाइते जुठी अधिकारीतर्फ अनुसन्धान मोडियो । घटनास्थलबाट करिब १६५ मिटरमाथि एउटा छप्रोमा जुठी बस्दिरहिछन् । उनको छाप्रोभित्र र बाहिरसमेत रगत थियो । छाप्रो अगाडि ५ फिटको दुरीमा १८ इन्च लम्बाईको रगत लत्पतिएको लौरो फ्याँकिएको भेटियो ।

नजिकै रहेको मख्खनबहादुर भारतीको घरको ढोका र भित्तामा समेत रगतका छिटा थिए । उक्त घरको गाईवस्तु बाँध्ने किलासमेत रगत पोतिएका थिए । ‘शुरुमा त मानसिक अवस्था ठिक नभएकाले जुठीले नै चार जनाको हत्या गरेको हुनसक्ने अड्कल गरेको थिएँ’ खत्रीले भने, ‘तर उनले आत्मविश्वासका साथ घटना गराउने व्यक्तिको हुलिया बताइन् ।’

उनले दिएको हुलायाको आधारमा अनुसन्धान गर्दै प्रहरी जुठीको छाप्रोभन्दा करिब २० मिटर माथि रहेको एउटा घरमा पुग्यो ।

त्यहाँ संजय भारती र उनका सानीआमा, काका र भाई थिए । संजयको एउटा हातमा जुठीले बर्णन गरेजस्तै बाला देखियो र ट्वाईलेट माथि छानोमा भर्खरै धोएर राखिएको सेतो टिसर्ट पनि देखियो । घटना संजयले नै गराएको आशंका बलियो भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढायो ।

करिब सांढे दुई बजेतिर कुकुरसहितको टोलि पनि आइपुग्यो । कुकुर पनि सिता खाँडको घरबाट ट्रयाक गरेर उनै संजयको घरमा पुगेर रोकियो ।

२४ घण्टामा सफल अनुसन्धान

४ जनाको हत्या भएको घटनाले देशैभरी सनसनी मच्चाइसकेको थियो । डिएसपी खत्री भन्छन्, ‘मान्छे मारेर पनि संजय भारती भागेनन् । उ त अरु मान्छे जस्तै भीडमा रमिता हेरेर बसिरहेको रहेछ ।’

पक्राउ परेको घण्टौंसम्म पनि उनले आफ्नो अपराध स्वीकार गरेनन् । तर, जब कुकुरले समेत उसैलाई देखायो, त्यसपछि राति २ बजेतिर भारतीले अपराध ओकल्न थाले ।

यसरी २४ घण्टा नबित्दै हत्या काण्डको पटाक्षप भयो । नेपाल प्रहरीले यति छोटो समयमा सफल अनुसन्धान गरेको निकै कम घटनामध्य सल्यान हत्याकाण्ड पर्ने डिएसपी खत्रीको दाबी छ ।

कोको मारिए ?

प्रहरीका अनुसार घटनामा घरमा बस्ने सीता खाँड, उनका २ छोरीहरु क्रमशः अढाई वर्षकी पवित्रा खाँड, ११ महिनाकी सविता खाँड तथा दिदीकै घरमा करिव २ हप्तादेखि बस्दै आएकी १७ वर्षीया गीता गिरी समेत गरी ४ जनाको हत्या भएको छ ।

घटनास्थलदेखि करीब १५० मिटरमाथि उकालोमा रहेको सानो छाप्रोमा एक्लै बस्दै आएकी मानसिक स्थिति ठीक नभएकी ६५ वर्षीया महिला जुठी अधिकारीसमेतको टाउकोमा चोट लागेको थियो । उनलाई नजिकैको लान्ति बजार लगेर उपचार गरिएको थियो ।

किन भयो हत्या ?

घटनाबारे बारम्बार सोधपुछ गर्दा जुठीले सेतो लुगा लगाएको अपरिचित मानिसले जबरजस्ती करणी गर्न खोज्दा नदिएकोले हिर्काएको बताए । निजको एउटा हातमा बाला पनि थियो भन्ने थप जानकारी प्राप्त भयो । गाँउ घरका कोही केटा मानिसहरु घटना पश्चात भागेको पनि पाइएन ।

अभियुक्त सञ्जय भारतीले मादक पदार्थ सेवन गरेकोको अवस्थामा उत्तेजित भई यौन चाहना पुरा गर्ने उद्देश्यले अपराध गरेको बयान दिएका छन् । हत्यामा आफूबाहेक अरु कोही संलग्न नरहेको उनको भनाइ छ ।

मृतक सीता खाँडको श्रीमान भारतमा काम गर्छन् र उनकी श्रीमती, साली र २ छोरीको हत्याको भएको खवर पाउनेबित्तिकै भारतबाट घर हिँडेका उनी १७ गते सल्यानमा आई मृतक शवहरुको दाहसंस्कार गरेका छन् ।

यस्तो छ सञ्जय भारतीको बयान

Sanjay-Bhariti

वैशाख १४ गते दिनभर दाउरा चिर्न गएको थिएँ । साँझ साथीहरुसँग बसेर मासु र रक्सी खायौं । एकदमै मातेको थिएँ । रातको करिब ८ बजेतिर घर आउँदा-आउँदै आन्टी भन्ने गरेको सीता खाँडकहाँ पसेँ । घरका सबैजना भित्रै थिए ।

अन्टी भनेर बोलाएपछि ढोका खोल्नुभयो । मलाई देख्नासाथ गाली गर्न थाल्नुभयो । ‘रक्सी खाएर मातेकोले आमा पनि पोइल गई, यसको यो गति छ,’ भन्दै कराउनुभयो । केहीबेर बादविवाद भयो । त्यस पछि म टवाईलेट जान्छु भनेर त्यहाँबाट निस्किएँ ।

करीब १५० मीटर माथि ठुलो बुबाको घर छ । घरको आँगनमा गाईवस्तु बाँध्ने किलो थियो । त्यहि उखेलेँ र फेरि आन्टीको घरमा गएँ । उनिहरु सुतिसकेका थिए । बाहिरबाट बोलाएँ । ढोका खोलिदिने वितिकै कोठाभित्र पसी किलाले अन्टीको टाउकोमा हानेँ । त्यसपछि उनको बहिनी गीतालाई टाउकोमा प्रहार गरेँ । दुवै जना बेहोश भए । गीतालाई बलत्कार गर्न खोजेँ तर, उत्तेजना नभएकाले सफल भइनँ ।

सीता अन्टी अंझै जिवित लागेकोले पुन २ पटक किलोले टाउकोमा प्रहार गरेँं । त्यसपछि अन्टीकी बहिनी पनि मरेकी छैन कि भनेर उसलाई पनि २ पटक फेरि टाउकोमा हानेँ । २ वटा बच्चाहरु रुँदै थिए । आवाज सुनेर पारीपटी चैवाङ्ग गाउँमा बत्तिबल्यो । घटनाको बारेमा मानिसहरुले थाहा पाएर बत्ती बालेको जस्तो लाग्यो । अन्टीकी ठूली छोरी २ वर्ष ६ महिनाकी थिइन् । उनले मलाई चिन्दिथिन् । त्यसैले उनको टाउकोमा किलाले एक पटक हानेँ ।

सांढे दुई वर्षकी छोरी मरिन् भनेको त संजय दाइ भन्दै बोलाएको सुनेँ । ११ महिनाकी बहिनी पो परिछिन् भन्ने लाग्यो । अब जेठीलाई त मार्नै पर्छ भनेर उनलाई पनि हानेँ । खासमा दुई छोरीहरुलाई मार्ने नियत थिएन ।

सबैलाई मारेपछि किलो छोडेर त्यहाँबाट हिँडे । र्फकने क्रममा फेरि यौनइच्छा जागृत भयो । पहिलेकै ठाउँमा अर्को किलो ओखेल्न गएँ । नजिकै रहेकी करिब ६० वषर्ीया जुठी अधिकारीको घरमा गएँ । उनले पनि यौन चाहना पुरा गर्न नदिएकोले टाउकोमा प्रहार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment