मंगलबार, ३ असोज, २०७४
OnlineKhabar.com

सबैलाई साथ लिन प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

'सरकार होइन, सिस्टम परिवर्तन गरौं'

अनलाइनखबर

madhav nepal

२० वैशाख, विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्दैमा अहिलेको समस्या समाधान नहुने बताएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले दलका नेताहरुको कार्यशैली र बानी व्यवहारमा भने परिवर्तन आवश्यक रहेको बताए ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले भने, ‘सरकार परिवर्तन अहिलेको आवश्यकता होइन । मुलुक चलाउने सिस्टम बसाउन तर्फ सबै लाग्नुपर्छ । नयाँ आउने सरकार पनि सिस्टम भएन भने जुन जोगी आए पनि कानै चिरेको हुनेछ ।’

अहिलेका चुनौती पार लगाउन सबैलाई साथमा लिएर अगाडि बढ्न उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सुझावसमेत दिए ।

संविधान कार्यान्वयन, पुनर्निर्माणको कार्य सबैको सहमति बिना असम्भव रहेको उल्लेख गर्दै नेता नेपालले भने, ‘सबैलाई साथमा लिएर प्रधानमन्त्री ओली अहिले हिँड्न सक्नुपर्छ नत्र समस्या हल गर्न सकिन्न ।’

२०७३ वैशाख २० गते १५:४६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • मुक्साम्बा लेख्नुहुन्छ    |   २०७३ वैशाख २० गते १६:११

    यो नेपालजीको कुरामा सहमत छु म सरकार भन्दा यो १६ बुधें सिस्टम चेन्ज गर्नु जरुरि छ
    संबिधानमा संघिय लोकतन्त्र , गर्णतन्त्र भनेका छन तर नियेत चाहिं अन्धा र खक्रो राष्ट्रबादको
    घमण्ड छ यो केहो ? लोकतन्त्र ब्याबस्थामा त् एकजना जनताको पनि सहि अधिकार लाई सहि
    ढंगले सम्बोधन गरि दिनु पर्छ अनिमात्र सहि लोकतन्त्र हुन्छ ???

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this