Comments Add Comment

चीनले अमेरिकाको बलात्कार गर्दै आएको छः ट्रम्प

Donald-trump

२० वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवारको दौडमा रहेका डोनाल्ड ट्रम्पले चीनमाथि अमेरिकाको बलात्कार गरेको आरोप लगाएका छन् ।

इन्डियानाको एक र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले चीनको ब्यापार नीतिको आलोचना गर्दै विश्वभरका इतिहासमा ‘सबैभन्दा ठूलो चोरी’का लागि जिम्मेवार बताए ।

अरबपति कारोबारी ट्रम्प लामो समयदेखि निर्यात बढाउनका लागि आफ्नो मुद्राको जोडतोड गरेको भन्दै चीनको आलोचना गर्दै आएका छन् ।

चीनको यो कदमले अमेरिकी कारोबार र कामदार नराम्ररी प्रभावित भएको ट्रम्पले बताए । उनले भने, चीन अमेरिकाको बलात्कार गर्दै आएको छ । अब हामी यो अनुमति दिन सक्दैनौं । तर, अहिलेसम्म हुँदै आएको छ ।’

उनले अघि भने, हाम सबै परिर्वतन गर्दैछौं र हामीसँग कार्ड पनि छ । उसलाई नभुल्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment