Comments Add Comment

चितवन समाज कतारद्वारा कतारमा साहित्यकार नयाँघरे र सञ्चारकर्मी भट्टराई सम्मानित

Yubraj-Nayaghare

दोहा । चितवन युवा समुह कतारले निबन्धकार युवराज नयाँघरे र रोजगार मिडिया प्रा.लिका प्रबन्ध निर्देशक उद्धव भट्टराईलाई सम्मान गरेको छ ।

आईतवार साँझ दोहाको होमल्याण्ड रेष्टुरेष्टमा आयोजित कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरिएको हो ।

युवराज नयाँघरे नेपाली निबन्ध क्षेत्रमा चर्चित र स्थापित लेखक हुन । थुप्रै निबन्ध तथा नियात्रा पुस्तकका लेखक नयाँघरेले २०६५ को मदन पुरस्कारका अतिरिक्त राष्ट्रियस्तरका थुप्रै पुरस्कार र सम्मान प्राप्त गरेका छन् । कार्यक्रममा बोल्दै नयाँघरले भने- ‘मैले चितवनका विभिन्न ठाउँका बारेमा निबन्ध लेखेको छु । निबन्ध लेख्ने मेरो पि्रय ठाउँ चितवन हो । आज चितवनका साथीहरुलाई कतारमा भेट्न पाउदा खुसी लागेको छ । मलाई कतारको तातो हावाले झनै उर्जा दिएको छ ।’

Uddhav-Bhattarai

त्यस्तै पत्रकारीताको माध्यमबाट प्रवासलाई नियालिरहेका सञ्चारकर्मी उद्धव भट्टराइलाई पनि संस्थाले सम्मान गरेको छ ।  रोजगार मिडिया प्रा.लिका प्रबन्ध निर्देशक भट्टराईले प्रवासका गतिबिधिलाई प्रशारण गर्ने गर्छन् । कार्यक्रममा भट्टराईले बैदेशिक रोजगारको हकहितको विषयमा आवाज उठाउने प्रतिबद्धता गरेका छन् ।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार सागर नेपालले श्रमिक दिवसको शुभकामना दिदै कतारमा एउटा पुर्ण नेपाली समाज रहेको बताए । उनले भने ‘हामी कतारमा सबै जिल्लाका नेपालीहरु छौं । यो पुर्ण नेपाली समाज बनेको छ ।’ प्रवासमा रहेका  नेपाली युवाहरुले देश दुखिरहेको बेला नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका खेलेको उनले बताए ।

‘अनेकतामा एकता, चियुसको विशेषता’ भन्ने मुल नाराका साथ एक दशकदेखि सामाजिक कार्यमा अग्रसर रहेको चितवन युवा समाज अहिले कतारमा मात्र नभई विभिन्न देशहरुमा आफ्नो सन्जाल स्थापित गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment