Comments Add Comment

काठमाडौंको कुन ठाउँमा जाम छ ? ट्राफिक एप्स हेर्नुहोस् !

प्रहरीका अन्य एप्सलाई मर्ज गरिनेछः आइजीपी अर्याल

Traffic-Police-App

२० वैशाख, काठमाडौं । तपाईले ट्राफिक एप्स डाउनलोड गर्नुभएको छ ? छ भने प्रहरीले दाबी गरेको छ, अब आफ्नो मोबाइलबाटै राजधानीमा कहाँ सवारी जाम छ भनेर हेर्न सकिनेछ ।

ट्राफिक प्रहरीले ल्याएको मोबाइल एप्स सार्वजनिक गर्दै सोमबार  प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ट्राफिक नियम प्रहरीका लागि मात्रै बनेको हो भनेर सोच्न नहुने बताए ।

उनले नेपाल प्रहरीले ल्याएका अन्य एप्सहरुलाई पनि मर्ज गरेर एउटा संयुक्त एप्स ल्याउने तयारी भैरहेको जानकारी दिए । महानिरीक्षक अर्यालले भने-हरेकमा ट्राफिक नियम मेरो सुरक्षाको लागि हो र मैले पनि नियम पालना गर्नुपर्छ भन्ने सोचको विकास हुन आवश्यक छ ।

Traffic-police-Apps

के-के छ ट्राफिक एपमा ?

ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक गरेको एप्स डानलोड गर्न मोबाइलको प्ले स्टोरमा गएर ‘ट्राफिक पुलिस नेपाल‘ टाइप गर्नुपर्छ ।

सोमबारदेखि सार्वजनिक गरिएको यो एप्सबाट ट्राफिक नियम सम्बन्धी सम्पूर्ण जानकारी लिने सकिने महाशाखाको दाबी छ ।

सवारी भाडादेखि कुन ठाउँमा जाम छ र कुन ठाउँमा पार्किङ छ  भनेर हेर्न सकिने प्रहरीको भनाइ छ । त्यसैगरी हराएका तथा भेटिएका मोटरसाइकलका बारेमा पनि एप्सबाटै जानकारी लिने सकिने महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार ट्राफिक संकेत पनि एप्समै हेर्न सकिनेछ भने कुनै पनि सवारी साधनले बढी भाडा लिएमा गोप्य सूचना पनि पठाउन सकिने महाशाखाका डीआइजी प्रकाश अर्यालले पत्रकार सम्मेलनमा बताए ।

उनका अनुसार तपाईले ट्राफिक नियम मिच्नुभयो भने कस्तो कार्वाही हुन्छ र कति जरिवाना हुन्छ भन्ने जानकारी पनि एप्सबाटै लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment