Comments Add Comment

करणसँग बिहे, तर विपाशा चाहन्छिन् सलमानसँग हनिमुन मनाउन

salman and bipasha
शनिबार बिबाह बन्धनमा बाँधिएका बलिउड नायक करण सिंह र नायिका विपशा वासुलाई शुभकामना दिन चर्चित बी टाउन हस्तीको मेला नै लाग्यो । साहरुख खान, सलमान खान, अमिताभ बच्चन जस्ता स्टार उनलाई शुभकामना दिन पुगेका थिए ।

विपाशा र करणसँग तस्बिरका लागि पोज दिइरहेका नायक सलमान खानले यो जोडीलाई शुभकामना दिए । उनले यो जोडीको सम्बन्ध टिकोस् भनेर शुभकामना दिए । सायद, करणको तेश्रो बिहे भएकाले पनि सलमानले यस्तो शुभकामना दिएको हुनसक्छ ।

सोही समयमा मिडियाले विपाशालाई हनिमुन योजनाको बारेमा सोधेको थियो । तर, विपाशाले रमाइलोमा नै आफू सलमान खानसँग हनिमुन जान चाहेको बताइन् । करणसँग बिहे गरेकै दिन विपाशाले सलमानसँग हनिमुन जान चाहेको बताएर चर्चा त बटुलिन् । अब, विपाशाको यो जवाफलाई करणले कसरी लिने हुन्, त्यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment