Comments Add Comment

भारतीय राजदूत र प्रधानमन्त्री ओलीवीच गोप्य बैठक

Kp-oli-and-Ranjit-rey

फार्इल फोटो

२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले शीर्षनेताहरुले भारतीय राजदूत रणजीत रायसँग ‘गोप्य’ बैठक गरेका छन् ।

औपचारिकरुपमा सञ्चार माध्यमलाई जानकारी नदिइएको यो भेटभाटको मुकाम बालुवाटार नभएर अन्यत्रै थियो । काठमाडौंको बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा आइतबार साँझ राजदूत र प्रधानमन्त्रीको टोलीवीच भेटघाट भएको हो ।

भेटमा प्रधानमन्त्रीका साथमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र एमाले महासचिव ईश्वर पोखरेल पनि सहभागी थिए । दूतावासका तर्फबाट राजदूतका साथै दोस्रो बरियताका कूटनीतिज्ञ पनि सहभागी थिए ।

एमाले शीर्ष नेतृत्व र भारतीय राजदूतवीच भएको भएको डिनर मिटिङको विषयवस्तु बाहिर ल्याइएको छैन । सूत्रहरुले बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भमणमा आउने/नआउनेबारे छलफल भएको बताएका छन् ।

यो भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणबारे कुराकानी भएको स्रोतले बतायो । कतिपय भारतीय सञ्चारमाध्यमहरुले विद्यादेवी भण्डारीको भारत भ्रमणलाई ओलीले गरेको चीन भ्रमणलाई सन्तुलनमा ल्याउन र भारतसँग निकट हुनका लागि हुन लागेको भ्रमणका रुपमा लिएका छन् ।

भारतीयहरुले कुभ्म मेलामा हुन लागेको राष्ट्रपतिको भारत भ्रमणलाई ‘कुम्भ डिप्लोम्यासी’को संज्ञासमेत दिएका छन् ।

भर्खरै पूर्वराजा ज्ञानेन्द्र भारतको निम्तो मानेर नेपाल फर्किएको  तीन दिन नबित्दै प्रधानमन्त्री ओलीले नेता नेपाल र महासचिव पोखरेललाई समेत साथमा राखेर भारतीय राजदूतसँग बैठक गरेका हुन् ।

प्रधानमन्त्री ओलीले दिल्ली भ्रमणका बेला गरेको प्रतिवद्धता र समयसीमा भारतले ब्रसेल्समा सम्पन्न इयुसँगको मिटिङका बेला सम्झाएको थियो । साथै मधेसी मोर्चा र जनजातिहरुले आन्दोलनको घोषणा गरिरहेका छन् र भारतले उनीहरुलाई साथ दिँदै सरकारमाथि दबाव दिइरहेको छ ।

यो अवस्थामा राजदूतसँग एमाले नेताहरुले सुटुक्क गरेको वार्ताको विषयलाई बाहिर ल्याउन एमाले नेताहरु इच्छुक देखिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment