Comments Add Comment

फोरम लोकतान्त्रिकको निम्तो मधेसी दलहरुले नै मानेनन्

Forum-Democratic

२० वैशाख, विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेशनको उद्घाटन समारोहमा मधेसी मोर्चामा आवद्ध दलहरु देखिएनन् ।

विराटनगरमा सोमबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन शत्रमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपालदेखि माले र राष्ट्रिय जनमोर्चाका नेताहरु देखिए ।

प्रधानमन्त्री केपी शर्मा ओली आफै जाने बताइएको थियो । उद्यपि अन्तिम समयमा माधवकुमार नेपाल पुगे ।  एमाओवादी अध्यक्ष प्रचण्ड पुगे । भारतीय जनता पार्टीका भगतसिंह कोसियारी लगायतका पाहुना पनि उपस्थित थिए । र, उनीहरुले शुभकामना मन्तव्य दिए ।

तर, मधेसी मोर्चामा आवद्ध दलका कोही पनि आएनन् । फोरम लोकतान्त्रिकले निम्तो दिएको थियो तर, मोर्चामा आवद्ध नेताहरु अनुपस्थित भएका हुन् ।

राष्ट्रिय एकतामा जोड

फोरम लोकतान्त्रिकको महाधिवेशमा शुभकामना दिन पुगेका प्रमुख राजनितिक दलका नेताहरुलेे सम्बृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए ।

एमाओवादी अध्यक्ष प्रचण्डले मुलुकको समस्या समाधान, संविधान कार्यान्वयन, भूकपपछिको पूनर्निर्माणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए । उनले मुलुकलाई निकास दिन कांग्रेस र मधेसवादी दलहरु एकताबाट भाग्नु नहुने बताए ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संक्रमणकालबाट मुलुकलाई वाहिर निकाल्न आन्दोलन छाडेर सरकारमा आएर हातेमालो गर्न कांग्रेस र मधेसवादी दलहरुलाई आग्रह गरे ।

कार्यक्रममा कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले संविधान निर्माण गर्दा जस्तै संविधानको कार्यान्वयन र मुलुकलाई आर्थीक विकासको गतिमा लैजान प्रमुख राजनीतिक दलहरुबीच सहमति र एकताको खाँचो रहेको बताए ।

वैशाख २२ गतेसम्म संचालन हुने महाधिवेशनको उद्घाटन कार्यक्रमपछि बन्द शत्र सुरु भएको छ । स्थानीय जैन भवनमा हुने बन्द शत्रमा पार्टीको विधान संशोधन, नाम परिवर्तन लगायतका वषयमा छलफल हुनेछ भने नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनमा ६४ जिल्लाका २ हजार ५ सय प्रतिनिधि तथा ५ सय पर्यवेक्षकहरु सहभागीछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment