Comments Add Comment

संसदको बजेट अधिवेशन आज, नियमावली भने अलपत्र

२१ वैशाख, काठमाडौं । संसदको बजेट अधिवेशन मंगलबारबाट सुरु हुँदैछ । बिहान ११ बजे बस्ने संसद बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने कार्यसूची छ । व्यवस्थापिका संसदका प्रवक्ता भरतराज गौतमका अनुसार आजका अन्य कार्यसूची भने टुंगो लाग्न बाँकी छ ।

CA-Buildingबर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गरिन्छ ।

राष्ट्रपति विद्या भण्डारीले नीति तथा कार्यक्रम सार्बजनिक गर्ने र त्यसलाई छलफलपछि पारित गर्ने गरिन्छ । त्यसपछि आर्थिक वर्ष २०७३/७४ को बजेट प्रस्तुत गरिन्छ । नेपालको संविधानमा जेठ १५ भित्रै नयाँ बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।

अघिल्लो वर्ष सदनको हिउँदे अधिवेशन बस्न नसकेका कारण विधेयक अधिवेशनका रुपमा रहने सदनको उक्त सत्रको जिम्मेवारी पनि बर्खे अधिवेशनको काँधमा आइलागेको छ ।

तर सदनको कार्य सञ्चालन नियमावली भने अझै टुंगो लागेको छैन । दलहरुबीच सहमति हुन नसक्दा नियमावली टुंगो नलागेको हो । नियमावली नबनेका कारण संसदीय सुनुवाई विशेष समिति गठन हुन नसक्दा । संवैधानिक निकाय र राजदूतावासमा नियुक्तिका लागि सिफारिस भएकाहरुको सुनुवाई भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment