Comments Add Comment

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

२१ वैशाख, नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–३ केउरेनीमा गएराति भएको सवारी दुर्घटनामा परी एकजना पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

Death-Bodyजिल्ला प्रहरी कार्यालयका अनुसार नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट अन्दाजी ५०/५५ वर्षीय पुरुष पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।

ठक्कर दिने सवारीसाधनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । यता स्थानीयवासीले ठक्कर दिने सवारीसाधनलाई पक्राउ गर्नुपर्ने भन्दै रातभर पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

यसैबीच गुल्मीको हर्दिनेटामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

सोमबार हर्दिनेटाबाट भतेरपाटा भन्ने स्थानमा आफ्नै घरतर्फ जाने क्रममा लु २ प ३६९० नम्बरको मोटरसाइकल सडकबाट करिब २० मिटर तल खस्दा मोटरसाइकल चालक हर्दिनेटा गाविस–२ निवासी ५७ वर्षीय टेकराज पन्थको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका पन्थको उपचारका लागि शृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment