Comments Add Comment

विश्व युद्ध लडेका योद्धाले लिए प्रतिलिपि नागरिकता

२१ वैशाख, नवलपरासी । दोस्रो विश्व युद्ध लडेका वीर योद्धा चन्द्रसिंह गुरुङले नवलपरासीबाट प्रतिलिपि नागरिकता लिएका छन् । नवलपरासीको नर्सही–४ घर भएका गुरुङले १०९ वर्षको उमेरमा प्रतिलिपि नागरिकता लिएका हुन् ।

Chandra-Sing-Gurung
प्रतिलिपी नागरिकता लिँदै चन्द्रसिंह गुरुङ । तस्वीर: रेडियो परासी

गुरुङ नवलपरासी घर भएका दोस्रो विश्व युद्धको वीर योद्धा हुन्न्छ । दोस्रो विश्व युद्धका जीवित योद्धा गुरुङले जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि नागरिकता प्रमाणपत्र प्राप्त गरे ।

एक सय ९ वर्ष पुगेपनि त्यतिबेला नागरिकता बनाउँदा उमेर घटाएकाले नागरिकतामा भने १०२ वर्ष कायम गरिएको छ । विश्व युद्धमा इराकसम्म पुगेका गुरुङले आफूलाई स्याहारसुसार गर्ने बुहारीलाई अंश दिन तथा अन्य कामका लागि प्रतिलिपि नागरिकता लिनुपरेको बताए ।

एक शताब्दी बाँच्नु भनेको चानचुने कुरा होइन, सरदर नेपालीको आयु ६०/७० वर्ष हुन्छ । विश्व युद्धमा मृत्युलाई जितेका गुरुङले एक शताब्दी बाँच्न पाउनु भगवान्को दया भएको प्रतिक्रिया दिए । यो उमेरमा पनि उनको जोश र तागत देखेर प्रशासनमा भेला भएका मानिस अचम्भित भएका थिए ।

गुरुङ विश्व युद्ध लड्दा इराकसम्म गएका थिए । उनीसँग ब्रिटिस आर्मी, भारतीय प्रहरी, रेल्बे सेवामासमेत काम गरेको अनुभव छ ।

आफूले धेरै योगदान दिएर नेपाललाई चिनाउन सफल भएपनि राज्यले भने सम्मान दिन नसकेको उनको गुनासो थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment