Comments Add Comment

ओबामाले यसरी डोनाल्ड ट्रम्पको मजाक उडाए

Obama,-AFP
बाराक अोबामा । तस्वीर: एएफपी

२१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामाले हृवाइट हाउसमा पत्रकारहरुका लागि आफ्नो कार्यकालको अन्तिम रात्रीभोजमा रिपब्लिकन पार्टीका राष्ट्रपतिका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पको मजाक उडाएका छन् ।

ओबामाले भने, ‘अर्को बर्ष यो स्थानमा अन्य कोही हुनेछ । (हाँस्दै) के कसैले भन्न सक्छ यहाँ अब को हुनेछ ?’

आफ्नो कार्यकालको आठौं तथा अन्तिम रात्रिभोजमा ओवामाले आफू स्वयंममाथि, आफ्ना विरोधीहरु र सहयोगीहरुमाथि पनि चुट्किला बनाएर खुव रमाइलो गरे ।

राष्ट्रपति उम्मेदवारका लागि रिपब्लिकन पार्टीमा चलिरहेको दौडधुपबारे टिप्पणी गर्दै ओबामाले भने-‘आठ बर्ष पहिला मैले भनेको थिएँ कि राजनीतिमा परिवर्तनको समय आएको छ । अहिले यसो पछाडि फर्केर हेर्छु त यसबारेमा म अझै प्रष्ट हुनुपर्थ्यो ।

रिपब्लिकन पार्टीको उम्मेदवारी दौडबारे फेरि व्यंग्य गर्दै ओबामा बोले-‘रिपब्लिकन पार्टीका हर्ताकर्ता -ट्रम्प) अजीव कुरा गर्छन् । उनी पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्ने प्रवल संभावना छ तर, पार्टीका अन्य नेताहरुका अनुसार उनमा विदेश नीतिका अनुभव छैन । न्यायपूर्ण कुरा चाहीँ यो छ कि उनले बितेका कयौं बर्षहरुमा विश्वका थुपै नेताहरुसँग भेट गरेका छन् । जस्तो मिस स्वीडेन, मिस अर्जेन्टिना, मिस अजरवैजान…..।’

आफ्नो भाषणको अन्यतिर ओवामाले निक्कै नाटकीय रुपमा माइक खसालेर भने-‘ओबामा आउट ।’ त्यसपछि त्यहाँ रहेका सबैले उठेर उनको प्रस्तुतिको सराहना गरेका थिए ।

यस समारोहमा नेता, पत्रकार तथा फिल्मी क्षेत्रका हस्तीहरुको सहभागिता थियो । तर, डोनाल्ड ट्रम्प यस डिनर पार्टीमा सामेल थिएनन् । त्यसैले ओबामाले बारम्बार उनकै बिरुद्धमा टिप्पणी गरिरहे ।

ओवामाले भने-‘के यो डिनर डोनाल्डको स्टाइलको तुलनामा निक्कै सस्तो थियो ? उनी -यहाँ नआएर) के गरिरहेका होलान् ? के उनी आफ्नो घरमा बसेर ट्रम्प स्टिक खाइरहेका होलान् ? या एञ्जेला मर्केलको अपमान गरेर ट्वीट गरिरहेका होलान् ? आखिर उनी अहिले के गरिरहेका छन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment