Comments Add Comment

लगानी अनुसारको बजार नपाएर व्यवसाय छाड्दै बंगुर पालन व्यवसायी

Bangur_taplejung२१ वैशाख,ताप्लेजुङ । लाखौ रुपैयाँको लगानिमा बंगुल पालन व्यवसाय सुरु गरेका ताप्लेजुङका कृषकहरु व्यवसाय सुरक्षित नभएपछि व्यवसायनै परिवर्तन गर्न थालेका छन् ।

केहि समय अघिमात्र लहरकैरुपमा बंगुर पालन व्यवसायमा आकषिर्त भएका किसाननहरु लगानि अनुसारको बजार नपाउँदा व्यवसाय परीवर्तन गर्न लागेका हुन् ।

सुरुकै लगानी तीन लाख रुपैयाँभन्दा माथि पुग्ने, चाहिएको समयमा पशु शेवा कार्यलयबाट प्राविधिक र चिकित्सक नपाईने र उत्पादन गरेको मासुले समेत बजार नपाउने भएका कारण आफुहरु व्यवसाय परिवर्तन गर्ने मनस्थितिमा पुगेको स्थानीय व्यवसायी दिल कुमार मेन्याङ्बो बताउँछन् ।

आˆनो लगानी, कर्मचारी खर्च र प्राविधिकको सल्लाह बमोजिमको व्यवस्थापनले मासुको मुल्य पनि माथि पुग्ने र सो मुल्य अनुसारको बजार नहुनु र बाहिरी बजारमा विक्रीका लागि लैजाने प्रबन्धसमेत नहुँदा व्यवसाय सुरक्षित नभएको मेन्याङ्बोको भनाई छ ।

विभिन्न संघ संस्थालगायत जिल्ला पशु सेवा कार्यलयले समेत बंगुर पालनमा कृषकलाई प्रोत्साहान गरेपछि उत्पादन बढेको थियो तर अहिले बजार नपाउँदा कृषक मर्कामा परेका छन् ।

स्थानीय बजारमा बंगुरको मासुको खपत छैन । स्वस्थ्यका लागि बंगुरको मासु राम्रो भएपनि समाजिकरुपमा बंगुरको मासु खाने प्रचलन आजसम्म पनि नभएकाले समस्या झनै चुलिएको अर्का व्यवसायी निता सिवा बताउँछिन् । त्यसले गर्दा लगानी अनुसारको आम्दानी नभएको उनको भनाई छ ।

व्यवसायीले ऋण्िा खोजेर व्यवसाय सञ्चालन गर्ने तर सरकारले सौलीयतमा ऋण लगायत कुनै व्यवस्था नगर्दा व्यवसायी मर्कामा परेको बंगुरपालक कृषकको भनाई छ । अहिले ताप्लेजुङमा बंगुको मासु प्रतिकिलो २ सय ५० रुपैयाँमा विक्री हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment