Comments Add Comment

ग्रिनकार्डको चर्चापछि दर्शकले पत्याएनन् जीवनलाई

jiwan luitel
विगतलाई हेर्ने हो भने पनि विदेशमा बसेर फर्किएका वा विदेशमै घरजम गर्ने तयारी गरेका कलाकारलाई दर्शकले पत्याएका छैनन् । नेपालमै बसेर नेपाली चलचित्रमा लागेका कलाकारको चर्चा र सफलता जती छ त्यसको तुलनामा चलचित्र क्षेत्रलाई प्रयोग गर्दै विदेश हानिन खोज्ने कलाकारको सफलता कम छ ।

करिश्मा मानन्धर, गौरी मल्ल, सरोज खनाल अमेरिकाबाट फर्किएर सफल नहुनुको कारण यही नै हो । दर्शकले पनि कुन कलाकारले कती आफूहरुको मायालाई सम्मान गर्छ भन्ने मुल्यांकन गरेका हुन्छन् ।

नायक जीवन लुइटेलको हकमा पनि अहिले यस्तै भैरहेको छ । चलचित्र क्षेत्रमै लागेर नाम, दाम र चर्चा कमाएका जीवनले आफ्ना लागि भन्दा पनि परिवारका लागि ग्रिनकार्ड एप्लाई गरेको खुलाइसकेका छन् ।

जीवन अहिले नेपाल भन्दा बढी अमेरिका बस्दै आएका छन् । अमेरिकामै बसेर हरियो कार्ड एप्लाई गरेका जीवनलाई दर्शकले पत्याउन छाडेका छन् । उनले अभिनय गरेको चलचित्र ‘बाजीगर’ले इनिसियल व्यापार पनि नगर्नु यसको उदाहरण हो ।

उनको चलचित्र असफल हुन थालेको ३ बर्ष भैसक्यो । जीवन ३ बर्ष अगाडिसम्म चलचित्र क्षेत्रमा स्टार थिए भने अहिले उनको सफलता फिक्का हुन थालेका छ । गतबर्ष पनि उनले अभिनय गरेका ४ वटा चलचित्र चलेनन् । जीवन अहिले म्यूजिक भिडियोका अफरलाई पनि सहर्ष स्विकार गर्दै काम गरिरहेका छन् ।

अब नेपाली चलचित्र क्षेत्रमा चकलेटी नायकको स्टारडम ध्वस्त हुन थालेको विश्लेषण सुरु भएको छ । हुनत, उनको हातमा अझै पनि केही चलचित्र छन् । के ती चलचित्रले जीवनलाई बचाउलान् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment