Comments Add Comment

मोरङमा बस दुर्घटना, २० घाइते

मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा ९ लाख क्षति

२१ वैशाख, मोरङ । पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरदुलारीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

Bus-Accident
फाइल तस्वीर

वीरगन्जबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ४ ख ६३७९ नम्बरको बस सुन्दरदुलारी नगरपालिका–१ स्थित गोठगाउँमा आज बिहान ३ः३० बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालकसहित २० जना सामान्य घाइते भएकाले उनीहरुलाई उपचारका लागि विराटनगर तथा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख मेघराज थापाले जानकारी दिए ।

मोटरसाइकल ग्यारेजमा आगलागी

यसैबीच विराटनगर–१५ स्थित एक मोटरसाइकल ग्यारेजमा गएराति आगलागी हुँदा करिब रु नौ लाख बराबरको क्षति भएको छ ।

महेन्द्रचोकस्थित श्याम पोखरेलको घरमा किरण श्रेष्ठले सञ्चालन गरेको सो ग्यारेजमा को ६ प २४४ नम्बरको पल्सर मोटरसाइकल, को १६ प ७७३५ र को १९ प ८९५२ नम्बरको स्कुटरका साथै अन्य गाडीका पार्टपुर्जासमेत जलेर नष्ट भएको हो ।

स्थानीय प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment