Comments Add Comment

शाहरुखको फिल्ममा सिद्धार्थ र सोनाक्षीको रोमान्स

siddhartha and sonakchi

शाहरुख खानसँग राजेश खन्ना अभिनित इत्तेफाकको रिमेक राइट छ भन्ने खरब पुरानो भइसक्यो । पहिले नै खबर आइसकेको छ, यो फिल्म शाहरुखले करण जोहारसँग मिलेर निर्माण गर्नेछन् ।

यसअघि फिल्ममा वरुण धवन र नवाजुद्दिन सिद्धीकीले अभियनय गर्ने चर्चा थियो । अहिले यसबारे अर्को खबर बाहिरिएको छ । अब फिल्ममा वरुण हैन, उनीसँगै बलिउडमा डेब्यु गरेका सिद्धार्थ मल्होत्रा देखिनेछन् । सिद्धार्थ इत्तेफाकको रिमेकमा दबंग गर्ल सोनाक्षी सिन्हासँग देखिने स्रोतको दावी छ ।

यो जोडीले पहिलोपटक अनस्क्रीन रोमान्स गर्नेछन् । फिल्मलाई बीआर चोपडाका नाति अभय चोपडाले निर्देशन गर्नेछन् । उनले लामो सयमदेखि फिल्मको स्त्रिmप्टमा काम गरिरहेका छन् ।

थाहा पाइराख्नुस्, इत्तेफाक एक सुपर ससपेन्स फिल्म थियो । जसमा एक व्यक्तिलाई आफ्नी श्रीमति हत्या गरेको अभियोगमा पक्राउ गरिन्छ । तर, पछि ऊ जेलबाट भागेर घरमा आउँदा पनि त्यहाँ अर्को हत्याको घटना हुन्छ र त्यसको आरोप पनि उसैमाथि लाग्छ ।

अहिले फिल्मको स्क्रीप्टमा केही पात्र परिवर्तन गरेर कथाको ससपेन्सलाई कायम राख्न खोजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment