Comments Add Comment

मोटरसाइकल दुर्घटनामा एमाले नेताको मृत्यु

२१ वैशाख, नेपालगञ्ज । नेकपा एमाले बाँकेका जिल्लास्तरीय नेता भेदलाल वलीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

Byke-Accident
फाइल तस्वीर

५५ वर्षीय वलीको सोमबार राति कचनापुर गाविसको अगैयामा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो ।

नेपालगञ्जबाट कुसुमस्थित आफ्नो घर फर्कंदै गर्दा गएराति ११ बजे उनी दुर्घटनामा परेका थिए ।

उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको नेकपा एमाले बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment