Comments Add Comment

वैशाखदेखि डराएकी थिइन् ऋचा, तर परिणाम आयो यस्तो

richa sharma
वैशाख महिना नलाग्दै नायिका ऋचा शर्मा डराएकी थिइन् । उनको डरको मुख्य कारण थियो उनी अभिनित २ चलचित्रको प्रदर्शन । ऋचाले अभिनय गरेका २ चलचित्र लगालग एक हप्ताको अन्तरमा रिलिज भए । ‘बाटो मुनिको फूल २’ वैशाख १० गते रिलिज भयो भने ‘जंगे’ वैशाख १७ गते ।

यी दुबै चलचित्रको व्यापार राम्रो भैदिएको भए ऋचाको चर्चा र माग नेपाली चलचित्र बजारमा दिन दुइगुना रात चारगुणा जसरी बढ्ने  थियो । तर, परिणाम आइदियो उल्टो । ‘बाटो मुनिको फूल २’को व्यापार औषत भयो । सिंगल थिएटरमा केही आशातित व्यापार गरेको यो चलचित्र मल्टिप्लेक्समा उम्दा देखिएन । फेसबुकमा भित्तामा दर्शकका भीड देखिएपनि व्यापारिक रिपोर्ट हेर्दा नेपालबाटै यो चलचित्रलाई फाइदा हुँदैन । यसको अर्थ ऋचाको स्टारडमले काम गरेन ।

यो चलचित्रको भन्दा कमजोर व्यापार त, ‘जंगे’को भयो । अत्याधिक आशा गरिएको यो चलचित्रको इनिसियल व्यापार दुखद रह्यो । शनिबार काठमाण्डौका केही मल्टिप्लेक्समा दर्शक देखिएपनि अरु दिन खासै देखिएनन् । निर्माणपक्ष पनि चलचित्रको व्यापारबाट खुशी छैन । तर, यो चलचित्र चल्छ भन्ने अनुमान धेरैको थियो । दुबै चलचित्रमा मुख्य नायिका भएकाले पनि ऋचाको स्टारडम सुखद देखिएन । गतबर्ष चलचित्र ‘को आफ्नो’को असफलताले तिलमिलाएकी ऋचालाई यो बर्षको सुरुवाती महिनामै अर्को झट्का लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment