Comments Add Comment

संसारका सबैभन्दा महंगा संरचनाहरु यी हुन्

hinkley_point_in_somerset_istock_nocredit
व्रिटेनको नयाँ आणविक केन्द्र । तस्वीर: आईस्टक

काठमाडौं । बेलायतको दक्षिण पश्चिम क्षेत्रमा बन्न लागेको आणविक पावर सेन्टर धर्तीको सबैभन्दा महंगो भौतिक संरचना भएको सावित हुन लागेको छ । कम्तिमा उसले आफुलाई यही दाबी गरिरहेको छ ।

पर्यावरणको बारेमा काम गरिरहेको संस्था ग्रिन पिसको दावी अनुसार समरसेटमा बनिरहेको हिंकले प्वाइन्ट पावर सेन्टर बनाउन करिव ३५ अर्व डलर (३६०० अर्व रुपैयाँ) खर्च हुनेछ । यद्यपी यसलाई बनाउनका लागि ऋण लिइएकाले व्याज समेत जोडिएको छ ।

यस आणविक केन्द्र बनाउने कम्पनी आइडीएफलाई हेर्दा संरचनाको पूरा निर्माणका लागि करिव २६ अर्व डलर खर्च हुनेछ ।

burj_khalifas_istock
दुनियाको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा । तस्वीर: आईस्टक

यो यति ठूलो रकम हो कि यति रकममा तपाईंले दुनियाको सबैभन्दा अग्लो भवन बुर्ज खालिफाजस्ता थुप्रै भवनहरु बनाउन सक्नुहुनेछ । बुर्ज खालिफा बनाउन १ अर्व ५० करोड डलर खर्च गरिएको थियो ।

यहीँ फ्रान्स तथा स्विट्जरल्याण्डको सीमामा अन्तरिक्षको रहस्यको बारेमा जानकारी हासिल गर्नका लागि बनाइएको १७ माइल लामो लार्ज हाड्रन कोलाइडरको निर्माण गर्नका लागि ५ अर्व ८० करोड डलर खर्च गरिएको थियो ।

oakland_bay_bridge_alamy
अकल्याण्ड वे पुल

दुनियाको सबैभन्दा महंगो पुल अमेरिकाको सन फ्रान्सिस्कोमा छ । अकल्याण्ड वे पुललाई यसरी बनाइएको छ कि अवको १५०० बर्षसम्म यसको संरचना यस्तै हुनेछ । यो पुलको निर्माणमा ६ अर्व ५० करोड डलर खर्च गरिएको थियो ।

यस्तोमा सवाल यो पनि उठ्छ कि हिंकले प्वाइन्ट यस्तो महंगो कसरी हुन गयो ?

ग्रिनविच युनिभर्सिटीका इनर्जी पोलिसीका प्रोफेसर स्टिभ थोमस भन्छन्- ‘आणविक पावर प्लान्ट संसारका सबैभन्दा जटिल उपकरण हो । यसको खतरा कम गर्ने उद्देश्यले हामी यसका डिजाइन असरी गर्छौं कि यसको निर्माण खर्चपनि बढ्दै जान्छ ।

यदि यो नयाँ न्युक्लियर पावर स्टेसनको तुलना १९९५ मा बनेको साइजवेल वी न्युक्लियर स्टेसनसँग गरियो भने यो निक्कै महंगो पर्न आउँछ । साइजवेल बी को निर्माणका लागि करिव ६ अर्व डलर खर्च भएको थियो ।

great_pyramid_of_giza_istock
इजिप्टको पीरामिड


यो शताब्दीमा युरोपमा कुनैपनि नयाँ न्युक्लियर पावर स्टेसन बनेको छैन । चीन र भारतमा बनेका भएपनि त्यसलाई बनाउन कति रकम खर्च गरियो भन्नेबारे विश्वसनीय आँकडा सार्वजनिक गरिएको छैन ।

यस्तोमा हिंकले पावर स्टेसन निर्माणमा लाग्ने लागतको तुलना केहि निक्कै महत्वपूर्ण संरचनासँगपनि हुन थालेको छ ।

इजिप्टको पिरामिडको तुलना नै मान्नुहोस् । ४५०० बर्ष पहिला निर्माण भएको हो यो पिरामिड । सन् २०१२ मा टर्नर कन्स्ट्रक्सन कम्पनीले अनुमान लगाएको थियो कि उसले १ अर्व १० करोडदेखि १ अर्व ३० करोड डलरसम्मको खर्च लगाएर यस्तै पिरामिड बनाउन सक्नेछ ।

great_wall_China
ग्रेटवाल

पिरामिड भन्दापनि ठूलो संरचना चीनको पर्खाल हो । ५५०० माइल लामो यस पर्खालको वजन पनि निक्कै धेरै छ । तर यसलाई एकै संरचना मानिएको छैन ।

आधुनिक समयमा हेर्नुभयो भने लण्डनको हिथ्रो बिमानस्थलको टर्मिनल बनाउन ३ अर्व ४० करोड डलर खर्च भएको थियो । त्यस्तै लण्डन रेलवे क्रासरेल बनाउन २१अर्व ६० करोड डलर खर्चिएको थियो ।

grand_mosque_in_mecca_getty
साउदी अरवको मक्कास्थित मस्जिद

यो कुरा पक्का हो कि हिंकले पावर स्टेसनको तयार गर्न खर्च निक्कै धेरै देखिएको छ । यसको तुलना साउदी अरवको मक्कास्थित मस्जिद हरम शरिफको जिर्णोद्वारका लागि गर्न लागिएको खर्चसँग गर्न सकिन्छ ।

यसमा साउदी राज परिवारले २३ अर्व डलर खर्च गर्न लागेको छ । तर यस बजेटमा नयाँ सडक र रेलवे लाईनपनि निर्माण हुने भएकाले यसलाई एकै चिज मान्न सकिन्न ।

हिंकलेको निर्माण लागतको तुलना हङकङ इन्टरनेशनल एयरपोर्टसँग पनि गर्न थालिएको छ । एक कृतिम द्वीपमा बनेको यस बिमानस्थल बनाउन सन् १९९८ मा २० अर्व डलर खर्च गरिएको थियो । अहिलेको मूल्य अनुसार २९ अर्व डलर बराबर हुन्छ ।

यद्यपी हिंकले भन्दा महंगो लागतमा बनेका संरचनाहरु पनि विश्वमा छन् । अष्ट्रेलियाको चेरवनद्वारा तयार गरिएको गोरगोन नेचुरल ग्यास प्लान्टको लागत करिव ५४ अर्व डलर हो । मुलुकको उत्तर पश्चिमी समुद्री तटमा अवस्थित ग्यास प्लान्टबाट गत मार्चदेखि उत्पादन सुरु भएको छ ।

international_space_station_alamy
स्पेस स्टेसन

यसैगरी यदि धर्तीको सबैभन्दा महंगो संरचनाको प्रश्न आउँछ त यसको जवाफ हुन्छ इन्टरनेशनल स्पेश स्टेसन । यसको निर्माण लागत ११० अर्व डलर हो । मतलव हिंकले न्युक्लियर पावर स्टेसनको तुलनामा तीन गुणा धेरै महंगो हो इन्टरनेशनल स्पेस स्टेसन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment