Comments Add Comment

‘के म तिम्रो होइन र’मा बब्ली मरिष्का, आकाशलाई पहिलो पटकमै मन परेको थियो नायिका

aaryan and mariska
निर्देशक आकाश अधिकारीलाई आफ्नो नयाँ चलचित्र ‘के म तिम्रो होइन र’बाट नकारात्मक समिक्षा आउछ भन्ने नै लागेको छैन । आफ्नो चौधौ चलचित्रको रुपमा उनले यो प्रेमकथा बनाएका हुन् । विश्वमा प्रेमकथाको बिषयमा थुप्रै चलचित्र बनेको बताउँदै आकाशले ‘के म तिम्रो होइन र’लाई अर्को मायालु जोडीको चलचित्र भने ।

यो चलचित्रबाट आर्यन अधिकारी र मरिष्का पोख्रेल चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् । चलचित्र क्षेत्रमा ३० कटेपछि आएका आर्यन ढिलो नभएको बताउँछन् । यो क्षेत्रमा आउनुभन्दा अगाडि आफूले अध्ययन पनि गरेको भन्दे आर्यन डेब्यू प्रोजेक्टबाटै उत्साहित देखिएका छन् ।

वैशाख ३१ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै अत्याधिक चर्चा छ । चलचित्रमा आफू बब्ली क्यारेक्टरमा देखिएको नायिका मरिष्का पोख्रेल बताउँछिन् । हिन्दी चलचित्रदेखि म्यूजिक भिडियोमा सम्म चर्चा पाएकी मरिष्काले यो क्षेत्रबाट नहराउने बताइन् । उनका अनुसार काम राम्रो गर्ने र दर्शकको मन जित्ने योजनामा उनी छिन् । निर्माता सुरेश अधिकारी एउटा राम्रो चलचित्र बनाउन लाग्ने बजेट यसमा लागेको बताउँछन् । उनी चलचित्रको लगानी नेपालबाटै उठ्नेमा ढुक्क छन् ।
aaryan and mariska in riksa
मरिष्का चलचित्रमा आवद्ध हुनुभन्दा अगाडि केही यूवतीहरु अडिसनका लागि आएका थिए । तर, जब मरिष्का अडिसन दिएर फर्किइन्, निर्देशक आकाश अधिकारी खुशी देखिए । कारण, उनलाई मरिष्का आफ्नो चलचित्रको फिट पात्र लागेको थियो ।

विशेषगरि, आर्यन र मरिष्काको प्रेम, आर्यनको धमकेदार एक्सन र गीतसंगीतका कारण ‘के म तिम्रो होइन र’ सर्वाधिक चर्चामा छ । वैशाख ३१ गते दर्शकले एउटा मनोरञ्जनात्मक चलचित्र हेर्न पाउनेमा चलचित्रको टिम विश्वस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment