Comments Add Comment

मन्त्रीले तोडाए हत्या आरोपी सन्जय साहको अनसन

२१ वैशाख, काठमाडौं । जनकपुर बमकाण्ड र सञ्चार उद्यमी अरुण सिंघानीयाको हत्या आरोपी सन्जय साहले झण्डै एक महिनापछि अनसन तोडेका छन् । आफूमाथि लागेका आरोपको निष्पक्ष छानविन गर्न माग गर्दै उनले गत चैत २३ गतेदेखि डिल्लीबजार कारागारभित्रै अनसन सुरु गरेका थिए ।

Biswendra-Paswan-and-Sanjya-Sahaमंगलबार बिहान विज्ञान मन्त्री विश्वेन्द्र पासवानले जुस खुवाएर साहको अनसन तोडाएका हुन् ।

अनसन तोडाउन कारागारमा प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव इन्द्र भण्डारी, एमाओवादी नेता भरत साह र राप्रपाका केन्द्रीय सदस्य रामप्रताप साह कारागार पुगेका थिए ।

सरकारका र राजनीतिक दलका प्रतिनिधिहरुले माग सम्बोधन गर्ने बचन दिएपछि साहले अनसन तोडेको सुडी समाज कल्याणकारी समितिका महासचिव रामनारायण साहले बताए ।

‘सुडी समाजले अनसन तोडाउन भूमिका खेल्दै आएको थियो,’ साहले भने, ‘सन्जय साह पनि सुडी समुदायकै हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment