Comments Add Comment

संसदमा प्रभावकारी रुपमा प्रस्तुत हुने एमालेको निर्णय

२१ वैशाख । प्रमुख सत्तारुढ दल नेकपा एमालेले संसदमा प्रतिपक्षी दलहरुले उठाउने विषयमा प्रभावकारीरुपले प्रस्तुत भइ प्रतिवाद गर्ने निर्णय गरेको छ ।

Uml-New-Officeसंसद भवन नयाँ बानेश्वरमा मंगलबार एमाले संसदीय दलको बैठक बसेको थियो । बैठकले व्यवस्थापिका संसदमा प्रभावकारी ढंगले प्रस्तुत हुने दृढता व्यक्त गरेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा उठाउने विषयमा प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएका थिए ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रक्रियाका विषयमा पनि छलफल भएको प्रमुख सचेतक ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment