Comments Add Comment

बिजुली संकटः अब दुर्इ दिनमात्र सरकारी कार्यालय खुल्ने

venहामीकहाँ हप्तामा एक दिन शनिवार तथा अन्य केही सार्वजनिक विदाका दिनमा सरकारी कार्यालय बन्द हुँदा समेत पत्रिकाहरुमा सरकारी विदा बढि भयो भनेर ठूलै कोकोहोलो हुन्छ । तर यो दुनियामा एउटा यस्तो देश पनि छ जहाँ हप्तामा केवल २ दिनमात्रै सरकारी कार्यालय खुल्दछन् र अरु पाँच दिन सरकारी कार्यालयमा विदा हुन्छ । हो, दक्षिण अमेरिकी देश भेनेजुयलाले हप्तामा पाँच दिन सार्वजनिक विदा घोषणा गरेको छ ।

यद्यपि यस्तो कदम खुसीले उठाइएको भने होइन, बाध्यताले हो । खासमा विद्युत संकटका कारण सरकारले यस्तो कदम उठाएको हो ।

भेनेजुयलामा विद्युत संकट निकै गम्भीर बनेको छ । सोही कारण गत बुधबारदेखि सरकारले २ दिनको हप्ता घोषणा गरेको हो । अब हप्तामा केवल २ दिनमात्र सरकारी तथा निजी कार्यालयहरु खुल्नेछन् ।

उपराष्ट्रपति एरिस्तोबुलो इस्तुरिजले बुधबार टेलिभिजनमार्फत यो घोषणा गरेका हुन् । विजुली संकटको समाधान नहुँदासम्म अबदेखि सोमबार र मंगलबार मात्र कार्यालय खुल्ने उनले बताए । सरकारी कर्मचारीहरु पनि दुइ दिन बाहेक अन्य दिन अफिसमा जानुपर्ने छैन । निकै महत्वपूर्ण काम परेमा मात्र बुधबार, बिहिबार तथा शुक्रबार कार्यालय जान सकिनेछ ।

स्मरण रहोस् विजुली बचाउन भन्दै अपि्रल र मे महिनाका लागि यसअघि नै २८ लाख सरकारी कर्मचारीलाई शुक्रबारको अतिरिक्त सार्वजनिक विदा दिइसकिएको थियो ।

भेनेजुयला अहिले ठूले खडेरीको चपेटामा परेको छ र त्यहाँका जलविद्युतका बाँधहरुमा पानीको सतह निकै घटेको छ जसका कारण विद्युत उत्पादन भारी रुपमा घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment