Comments Add Comment

अष्ट्रेलिया टेष्ट क्रिकेटको शीर्ष स्थानमा उक्लियो

Australai-test-team२१ वैशाख, काठमाडौं । भारतलाई पछि पार्दै अष्ट्रेलियाले इन्टरनेशनस क्रिकेट काउन्सिल आइसीसी टेष्ट टोलीको बरियतामा शीर्ष स्थानमा उक्लिएको छ ।

आइसीसीले आज सार्वजनिक गरेको नयाँ बरियतामा भारतलाई ६ अंकले पछाडि पार्दै अष्ट्रेलियाले टेष्ट बरियतामा शीर्ष स्थानमा उक्लिएको हो ।

अष्ट्रेलियाको ११८ अंक छ भने भारतको ११२ अंक छ । पछिल्लो बरियताको तेस्रो स्थानमा रहेको पाकिस्तान भारतभन्दा मात्र १ अंकले पछाडि छ ।

यता यसअघि तेस्रो स्थानमा रहेको दक्षिण अपि|mका तीन स्थान तल झर्दै छैटौं स्थानमा पुगेको छ । बरियताको चौथो स्थानमा इंग्ल्याण्ड र पाचौं स्थानमा न्युजिल्याण्ड छन् ।

श्रीलंका, वेष्ट इण्डिज, बंगलादेश र जिम्बाबे क्रमशः सातौं, आठौं, नोवौं र दशौं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment