Comments Add Comment

बिराट कोहली भारतको प्रतिष्ठित खेलरत्न अवार्डका लागि मनोनित

kohli-rahane

२१ वैशाख, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईले टेष्ट कप्तान तथा युवा ब्याट्सम्यान बिराट कोहलीलाई भारतको प्रतिष्ठित खेलरत्न पुरस्कारका लागि मनोनयन गरेको छ ।

खेल क्षेत्रका हस्तीलाई दिइने यो सबैभन्दा ठूलो पुरस्कार हो । भारतीय क्रिकेट टोलीबाट यो पुरस्कार पाउने सचिन तेन्दुलकर र महेन्द्रसिंह धोनी मात्रै छन् ।

यता भारतीय क्रिकेट टोलीका युवा स्टार अजिङ्क्या राहणेलाई  अर्जुना रत्न अवार्डका लागि मनोनयन गरिएको छ ।

खेलरत्न पुरस्कार ७ लाख ५० हजार रुपियाँको हुनेछ भने अनर्जुना पुरस्कारको राशी ५ लाख रुपियाँको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment