Comments Add Comment

उरुषालाई ‘मिस नेपाल कल्चर’को उपाधी

miss nepal culturel
‘मिस नेपाल कल्चर’ दोस्रो संस्करणको उपाधि सामाखुशीकी २४ वर्षिया उरुषा जोशीले जितेकी छिन् । सोमबार राजधानीको राष्ट्रिय नाचघरमा सम्पन्न  प्रतियोगितामा उनले उपाधि सहित चाँदीको ताज, फोक्सवागेनका तर्फबाट एक वर्षसम्मका लागि कार सेवा जितेकी छिन् ।

यस्तै सांस्कृतिक संस्थानको सांस्कृतिक सद्भावदूतको उपाधि समेत जोशीले हाँसिल गरेकी छिन् । प्रतियोगितामा २८ प्रतियोगी सहभागी थिए । जस मध्यबाट परिसी कारञ्जितले फस्ट रनर अपको उपाधि सहित विभिन्न उपहार हाँसिल गरिन् । यस्तै बिराटनगरकी २० वर्षिया बाला नेपालीले सेकेन्ड रनरअपसहित भीवर्स च्वाईस र मेनेजमेन्ट च्वाईसको उपाधि पनि हाँसिल गरिन् ।

युहान ईन्टरनेशनल इभेन्टस्को आयोजना, सांस्कृतिक संस्थानको सह-आयोजना र बिलक्षण क्रियसनको व्यबस्थापन सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगीताको मुल्यांकनकर्ताको रुपमा पूर्व मिस नेपाल उषा खड्गी, चलचित्र निर्देशक दिनेश डिसी, अभिनेता गजित बिष्ट, चलचित्र द्धन्द्ध निर्देशक चन्द्र पन्त, अग्रज कलाकार प्रभाकरदेब शर्मा, अन्तराष्ट्रिय इभेन्ट अग्रनाइजर नासिर हुसेन, मिस प्लस टु नेपाल २०१५ तथा अभिनेत्री आँचल शर्मा र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment