Comments Add Comment

१० हजार घुससहित लेखा अधिकृत पक्राउ

Akhtiyar

काठमाडौं । वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत लेखा अधिकृत प्रकाश आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

एक म्यान पावर कम्पनीको विभागमा भएको धरौटी रकम फिर्ता दिनका लागि घुस माग गरिरहेको सुचनाका आधारमा अख्तियारबाट टोली खटिएको थियो ।

आचार्यबाट घुसवापत लिएको १० हजार रुपैयाँ सहित उनकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीमाथि अनुसन्धान भइरहेको पनि अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment