Comments Add Comment

त्रिशुलीमा पूर्वराजा ज्ञानेन्द्रको र्‍याफ्टिङ

Himani-rafting

२१ वैशाख, काठमाडौं । दिल्लीबाट फर्किएर दुई दिन भूमिगतजस्तै बनेका पूर्वराजा ज्ञानेन्द्र शाह त्रिशुलीको बगरमा देखा परे, त्यो पनि र्‍याफ्टिङकर्ताका रुपमा ।

पूर्वराजा परिवारका सदस्यहरुले त्रिशुलीमा र्‍याफ्टिङ गरेको नेपाल एजेन्टस् अफ र्‍याफ्टिङ एशोसिएसन नाराका अध्यक्ष चन्द्रबहादुर दाहालले बताए ।

पूर्वराजालाई दाहालले र्‍याफ्टिङ गराएका थिए । र्‍याफ्टिङसँगै पूर्वराजाले युवा युवतीहरुसँग सामुहिक तस्वीरसमेत खिचाएका छन् ।

साहशिक पर्यटन अन्तरगत र्‍याफ्टिङमा सामान्य परिवारका मानिसहरुदेखि घरानियाँहरुको समेत अकर्षण देखिँदै आएको छ ।

यसैक्रममा नेपाल भ्रमणमा आएका बेला बेलायती राजकुमार ह्यारीले कर्णाली नदीमा र्‍याफ्टिङ गरेका थिए ।

gyanendra-Shaha,-Rafting

gyanendra-Shaha,-Rafting-1

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment