Comments Add Comment

अनौठो स्कुल, जहाँ केवल जुम्ल्याहाले मात्र पढ्न पाउँछन्

काठमाडौं ।  के तपाइँले त्यस्तो स्कुलबारे सुन्नुभएको छ ? जहाँ केवल जुम्ल्याहा बच्चा मात्र भर्ना हुन पाउँछन् । सुन्दैमा यस्तो अनौठो लाग्ने यस्तो स्कुल हाम्रो छिमेकी देश भारतमै रहेछ ।

twinsभारतको आन्ध्रप्रदेशस्थित चित्तूरमा रहेको क्याम्फोर्ड इंगलिस स्कुल सायद दुनियाको एकमात्र यस्तो स्कुल होला, जहाँ केवल जुम्ल्याहा बच्चाले मात्र पढ्दछन् ।

यो स्कुलमा १ हजार भन्दा बढि विद्यार्थीले पढिरहेका छन् । यी सबै विद्यार्थी जुम्ल्याहा हुन् । स्कुलका विद्यार्थी ४ देखि १६ वर्षसम्मका छन् ।

सबैभन्दा रोचक कुरा त के भने स्कुलका शिक्षकहरु पनि कहिलेकाहीँ विद्यार्थी नचिनेर हैरान हुन्छन् ।

यो स्कुल स्थापना हुँदा यसमा केवल जुम्लयाहालाई मात्र पढाउने भनेर खुलेको होइन । तर एक दुइ गर्दै जुम्ल्याहा विद्यार्थीहरु भर्ना हुन थालेपछि यो विस्तारै जुम्ल्याहले पढ्ने विद्यालयको रुपमा स्थापित हुन पुग्यो र अन्ततः केवल जुम्ल्याहालाई मात्र भर्ना लिन थाल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment