Comments Add Comment

मंगलबारका टप टेन समाचार: तपाईले छुटाउनु पो भयो कि ?

 मंगलबार दिनभर अनलाइनखबरमा एकसय बढी समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले कतै छुटाउनु भएको छ छैन ?

१.प्रचण्डलाई प्रधानमन्त्री बनाउन शेरबहादुर देउवा तयार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार देखिएको छ ।व्यवस्थापिका संसदको अधिवेशन मंगलबारदेखि सुरु भएको अवस्थामा यो बजेट अधिवेशन नै भएता पनि पहिले नयाँ सरकार बनाउने प्रयास कांग्रेसले थालेको छ ।

२. मेरो ड्रेसअपमा प्रश्न होइन, इन्जोइ गर्नुस्: प्रियंका

नायिका प्रियंका कार्की भन्छिन्-लाइफमा सेटल डाउन हुन त कसलाई मन लाग्दैन र ? मेरो प्रोफेसनलाई सम्मान गर्ने, मेरो लाइफस्टाइललाई स्वीकार गर्नेर् र मलाई जस्ताको तस्तै अपनाउने केटो पाएा भने ह्वाइ नट ? मेरो एकमात्र शर्त आफ्नो खुशी हो ।

priyanka-karki-hot

३. पत्रकारलाई खरानी बनाउने प्रेस काउन्सिल सदस्यको धम्की

प्रेस काउन्सिलका नवनियुक्त सदस्य दीपक पाठकले केही पत्रकारहरुलाई खरानी बनाइदिने धम्की दिएका छन् । अब आफूले चाँडै पत्रिका निकाल्ने र केही व्यक्तिहरुलाई पत्तासाफ गरिदिने पाठकले बताएका छन् ।

४. त्रिशुलीमा पूर्वराजा ज्ञानेन्द्रको र्‍याफ्टिङ

दिल्लीबाट फर्किएर दुई दिन भूमिगतजस्तै बनेका पूर्वराजा ज्ञानेन्द्र शाह त्रिशुलीको बगरमा देखा परे, त्यो पनि र्‍याफ्टिङकर्ताका रुपमा । पूर्वराजा परिवारका सदस्यहरुले त्रिशुलीमा र्‍याफ्टिङ गरेको नेपाल एजेन्टस् अफ र्‍याफ्टिङ एशोसिएसन नाराका अध्यक्ष चन्द्रबहादुर दाहालले बताए ।

५. ओलीलाई धेरै समय काँधमा बोकेर हिँड्न सकिँदैनः वर्षमान

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारको विकल्प खोज्न थालेका बेला सत्तारुढ एकीकृत नेकपा माओवादीले पनि आफूले सरकारको विकल्प खोजिरहेको बताएको छ ।एमाओवादी सचिव वर्षमान पुनले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरै समय काँध थापेर हिँड्ने पक्षमा नरहेको बताएका छन् ।

६. एम्फेटामाइनका कारोवारीको टोखामा आलिसान महल

महंगो लागू औषध एम्फेटामाइनको अन्तर्राष्ट्रिय कारोवारमा संलग्न धादिङका पूर्ण पाख्रिनको काठमाडाैंमा आलिसान घर भएको पाइएको छ । एक वर्षअघि २ करोड १० लाखमा सो घर किनेको पूर्णकी श्रीमतीले प्रहरीलाई बयान दिएकी छिन् ।

 ७.आर्थिक वृद्धिदर १४ वर्षयताकै न्यून, यो वर्ष ०.७७ प्रतिशत मात्रै

मुलुकको आर्थिक वृद्धिदर १४ वर्षयताकै कम हुने भएको छ । चालू आर्थिक वर्षको आर्थिक ०.७७ प्रतिशतमात्रै हुने केन्द्रीय तथ्यांक बिभागले अनुमान गरेको छ । यसअघि आर्थिक वर्ष ०५८/०५९ मा ०.१६ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो ।

ARCHANA PANERU-1

८. अर्चनालाई नङ्ग्याउने होडवाजी

अश्लिलता ब्रेक लागेको समयमा केही मेकर फेरि चलचित्र क्षेत्रमा यूवती नङ्ग्याउन अग्रसर छन् । आफ्ना हरेकजसो चलचित्रमा यूवती र नायिकालाई उत्तेजक स्वभावमा देखाउने निर्देशक राजु गिरीले ‘जिस्म’मा अर्चना पनेरु नाम गरेकी एक यूवतीलाई पनि यस्तै हाउभाउमा देखाएका छन् ।

९.वैशाखदेखि डराएकी थिइन् ऋचा, तर परिणाम आयो यस्तो

वैशाख महिना नलाग्दै नायिका ऋचा शर्मा डराएकी थिइन् । उनको डरको मुख्य कारण थियो उनी अभिनित २ चलचित्रको प्रदर्शन । ऋचाले अभिनय गरेका २ चलचित्र लगालग एक हप्ताको अन्तरमा रिलिज भए । ‘बाटो मुनिको फूल २’ वैशाख १० गते रिलिज भयो भने ‘जंगे’ वैशाख १७ गते ।

१०. केटीहरु यसकारण खोज्दछन् धनी लोग्ने

भनिन्छ प्रेममा पैसा तथा मानिसको हैसियतले कुनै प्रभाव पार्दैन । तर जब बिहेको कुरा आउँदछ यी सबै चिजहरु मुख्य बनेर खडा हुन्छन् । अझ महिलाहरुको मामिलामा प्रायः भन्ने गरिन्छ की उनीहरु प्रेम तथा बिहेको कुरालाई लिएर निकै गम्भीर हुन्छन् र विभिन्न कुराहरुलाई ध्यानमा राख्दछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment