Comments Add Comment

दुई थान भरुवा बन्दुकसहित संखुवासभामा दुई पक्राउ

२२ वैशाख, संखुवासभा । संखुवासभाको मादी नगरपालिकाबाट दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

Bharuwa-Bandukमादी नगरपालिका २ का ६५ वषिर्य केशर बहादुर देवान र सोही ठाउँका ५३ वर्षीया  सुरेन्ऽ देवानको घरबाट मंगलबार प्रहरीले अबैध भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

विशेष सुचनाका आधारमा प्रहरी चौकी मादीरामवेनी र मादी मुलखर्कबाट खटिएको टोलीले दुबै जनाको घर खानतलासी गर्दा बन्दुक बरामद भएको थियो । पक्राउ परेका र बरामद बन्दुक आवश्यक अनुसन्धानकालागी प्रहरी चौकी मादी रामवेनीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment