Comments Add Comment

कंगना भन्छिन्-‘मेरो जीवन त्यती रोमाञ्चित छैन

Kangana Ranaut Hot Navel Show Pictures, Kangana Ranaut Latest Hot Navel Images

बलिउड नायिका कंगना रनावतको चर्चा मिडियामा कुनै न कुनै कारणले हुन्छ । भारतको ‘राष्ट्रिय चलचित्र अवार्ड’ दुई पटकसम्म जितेकी कंगना अहिले नायक ऋतिक रोशनका कारण चर्चामा छिन् । उनै कंगनाले आफ्नी बहिनी रंगोलीको जीवनमा आधारित रहेर चलचित्र बनाउन चाहेको बताइन् ।

उनले भनिन्-‘हो, मैले रंगोलीलाई यो कुरा भनिसकेकी छु कि म उसको जीवनको कपीराइट लिन चाहन्छु ।’ कंगनाले अगाडि भनिन्-‘तर गम्भिरताका साथ भन्ने हो भने मेरो भन्दा उसको जीवन धेरै नै रोमाञ्चित छ । यसका लागि म मेरो बहिनीहरुलाई नै क्रेडिट दिन्छु । मलाई यस्तो प्रेम मिलेको छैन । मेरो जीवन त्यस्तो रोमाञ्चित छैन ।’

कंगनाको बहिनी रंगोली एसिड हमलामा परेकी थिइन् । उनको जीवनमा आधारित चलचित्र गर्नका लागि कंगनलाई पक्कै सहज छैन । तर, कंगना चुनौतीदेखि भाग्न भन्दा सामना गर्न चाहन्छिन् । उनले चलचित्र क्षेत्रमा आएपछि पनि थुप्रै चुनौतीको सामना गर्दै ‘राष्ट्रिय अवार्ड’सम्म जितिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment