Comments Add Comment

ओलीलाई भेटेर प्रचण्ड बारपाक जाने

Prachanda_3२२ वैशाख, काठमाडाैं । एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपीशर्मा ओलीसँग छोटो भेटवार्ता गरेर बुधबार बिहान गारखाको बारपाकतिर जाने भएका छन् ।

लाजिम्पाटमा पदाधिकारी बैठक सकेर बालुवाटार जान लागेका प्रचण्ड त्यहाँ १५/२० मिनेट बिताएर सोझै एयरपोर्ट जाने तयारमिा छन् ।

प्रचण्डले गोरखा जिल्लाका भूकम्प प्रभावित बारपाक लगायतका दुर्गम बस्तीहरुको अवलोकन गर्ने कार्यक्रम छ ।

एमाओवादीले दिएको जानकारी अनुसार गोरखाका दुर्गम गुम्दा, लाप्राक, बारपाक, मुच्चोक लगायतका बस्तीहरुमा राहत र विभिन्न भौतिक संचरनाहरुको शिलान्यासका लागि प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।

प्रचण्डले बिहान १० बजे गुम्दाका भूकम्प पीडितहरुका लागि राहत रकम वितरण गर्ने र ११ बजे लाप्राकमा खानेपानीको शिलान्यास गर्ने भनिए पनि १० बज्दासम्म उनी राजधानीमै बैठकमा व्यस्त भए ।

प्रचण्डले बुधबार मध्यान्ह बारपाकको सामुदायिक भवनको उद्घाटन गर्ने र अपरान्ह सौरपानी र मुच्चोकमा राहत वितरण गरी आजै काठमाडौं र्फकने कार्यक्रम रहेको उनको निजी सचिवालयले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment